अफगानिस्तानमा अत्यधिक चिसो बढेकाले त्यहाँको दैनिक जीवन प्रभावित बनेको छ । चिसोकै कारण एक बालकको मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी कान्दाहारलगायत केही शहरको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुगेको छ । चिसोका कारण ठूलो हिमपात भएको छ ।
हिमपातले गाडीहरु पुरिएका छन् भने यातायात ब्यबस्था र बिद्युत आपूर्ति बन्द भएको छ ।
चिसोकै कारण केही विद्यालय बन्द गरिएका छन् । चिसो अझ केही दिनसम्म रहने अफगानिस्तानका मौसमबिद्हरुले जनाएका छन् ।