लिवियामा पूर्व शासक कर्णेल गद्धाफीका छोरा सादी गद्धाफीले लिवियाको संक्रमणकालीन सरकार विरुद्ध विद्रोह छेड्ने चेतावनी दिएका छन् । विद्रोह कुनै पनि बेला शुरु हुन सक्ने सादीको भनाई छ । सादी गद्धाफीले आफु लिवियाली सेना , मिलिसिया, परिषद्का अधिकारीहरु र परिवारका अरु सदस्यसंँग लगातार सम्पर्कमा रहेको दाबी गरेका छन् । हाल निजरमा रहेका सादीले लिवियामा अझै पनि राष्ट्रिय संक्रमणकालीन परिषद् भित्र र बाहिर आफ्ना समर्थकहरु रहेको बताएका छन् । विद्रोहीहरुले राजधानी ट्रिपोली नियन्त्रणमा लिएपछि सादी छिमेकी मुलुक निजर भागेका थिए । लिवियामा ४२ वर्ष सम्म शासन गरेका गद्धाफी गत अक्टोबरमा विद्रोही सेनाबाट मारिएका थिए ।