काठमाण्डौंमा क्यान्सर सचेतना कार्यक्रम आयोजना

स्तन र पाठेघरको क्यान्सरबारे सचेतना कार्यक्रम


काठमाण्डौंको साङ्ग्ले गाविसमा महिलाहरुलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी विषयमा सचेत तुल्याउने उद्देश्यले आज क्यान्सर सचेतना कार्यक्रम आयोजना गरियो ।

 

रोटरी क्लब अफ बालाजु र महिला सहयोगी सहकारी लिमिटेडले आयोजना गरेको कार्यक्रममा डा. प्रदिप बैद्यले स्तन क्यान्सर पत्ता लगाउने तरिकाबारे जानकारी दिनु भएको थियो ।

 

साथै उहाँले स्तन र पाठेघरको क्यान्सरका लक्षण, यसबाट बच्ने उपाय र उपचारका बारेमा पनि जानकारी दिनु भएको थियो ।

 

ढिलो गरी सन्तान जन्माउने, स्तन पान नगराउने महिलाहरुमा स्तन क्यान्सरको बढी सम्भावना हुन्छ । यस्तै सानै उमेरमा बिबाह गरेका, धेरै जनासँग यौन सम्पर्क भएका र ढिलो गरी रजस्वला बन्द भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ ।