अर्घाखाँची सम्पर्क समिति युएईको आकस्मिक बैठक सम्पन्न

अखाटा युएई । अर्घाखाँची सम्पर्क समिति युएईको आकस्मिक बैठक समितिका उपाध्यक्ष श्री सम्राट के.सि.को अध्यक्षतामा सम्पन्न भयो । फरवरी १० शुक्रबारका दिन बरदुबईको क्रिक पार्कमा समितिका महासचिव श्री चिरन के.सि., सचिव श्री जिवन के.सि., कोषाध्यक्ष श्री प्रकाश रायमाझी, सल्लाहकार श्री चन्द्र सारु मगर तथा अर्घाखाँची सामुहिक बचत कोषका अध्यक्ष तथा सम्पर्क समितिका सल्लाहकार श्री रविलाल खनाल सहित समितिका अधिकांश सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त बैठकले केहि निणर्यहरु समेत पारित गरेको छ । 



अर्घाखाँची सम्पर्क समिति युएईका सदस्य तथा अर्घाखाँची सामुहिक बचत कोष युएईका सदस्य हाम्रा आत्मिय मित्र श्री अर्जुन खड्काको भाई श्री अनुप कुमार खड्काको २५ बर्षको कलिलो उमेरमै अकल्पनिय निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । गत जनवरी २९ तारिखका दिन कम्पनीको क्याम्प अलकुज ओसिस भिलेजमा रहस्यमय तरिकाबाट निजको मृत्यु भएको थियो । मृत शरिरको अझै सम्म पनि पोष्टमार्टन हुन सकेको छैन । यस दुखःद घडिमा हामी अर्घाखाँची परिवार शोकाकुल परिवार प्रति गहिरो समबेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछौं ।



यसरी शोकमा डुबेको समग्र अर्घाखाँची परिवारलाई अर्को पनि शोक थपिएको छ । हाम्रा आत्मिय मित्र तथा अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष तथा अर्घाखाँची सामुहिक बचत कोष युएईका सचिव श्री राजु खड्काको पुज्जनिय पिता श्री नर बहादुर खड्का ज्यूको फरवरी ६ तारिखका दिन हृदयघातका कारण दुखःद निधन भएको खबरले हामी मर्माहित भएका छौं ।  यस दुखःद घडिमा शोकाकुल परिवारजन प्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चिरशान्तिको कामना गदै स्वर्गमावास होस भन्दै सिङ्गो अर्घाखाँची परिवार भावपूर्ण श्रदाञ्जली अपर्ण गर्दछौं । 

 

उपस्थित साथिहरुबाट मृतकको सम्झनामा १ मिनेट मौनधारण पनि गरिएको थियो । 



समितिले पुर्व निर्धारित कार्यक्रम अनुसार आगामी फरवरी १७ तारिखमा गर्ने गरी आयोजना गरेको बनभोज कार्यक्रमलाई तत्कालका लागि स्थगित गरी आगामी मार्च २३ तारिखका दिन गर्ने निर्णय गरेको छ । साथै अर्घाखाँचीवासीको लगत संकलन कार्यलाई पनि निरन्तरता दिँदै राहतकोष स्थापनाको लागि पनि केहि गृहकार्य गर्ने निर्णय पनि गरेको छ ।  बनभोज कार्यक्रममा सहभागिताको लागि हाम्रा समितिका प्रतिनिधिहरुलाई सम्पर्क गर्नु हुन अर्घाखाँची सम्पर्क समिति युएई यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.