आज विश्वभर पहिलो रेडियो दिवस मनाईंदै

आज  रेडियो दिवस


आज विश्वभर पहिलो रेडियो दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ३६ औं साधारण सभाले फेब्रुअरी १३ अर्थात् आजका दिन यो दिवस मनाउने घोषणा गरेअनुसार संसारभर नै यो दिवस मनाउन लागिएको हो । नेपाललगायत विश्वभर विभिन्न गैर सरकारी संस्था, पत्रकार, विश्वविद्यालय र सरकारहरुले कार्यक्रम गरी पहिलो विश्व रेडियो दिवस मनाइरहेका छन् ।


विश्वका सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । यद्यपि अझैपनि सबैसमक्ष यो रेडियो सेवा पुग्न नसकिएको बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुर्नवहाली अघि नेपालमा सरकार नियन्त्रित एउटा मात्र रेडियो नेपाल रहेकोमा अहिले २ सय १० वटा सामुदायिक रेडियो खुलिसकेका छन् । आजभन्दा ६६ वर्षअघि फेबुरअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो प्रसारण शुरु भएको दिनको सम्झनामा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन र युनेस्कोले विश्वभरी रेडियो दिवस मनाउन आग्रह गरेका हुन् । वैज्ञानिक गुग्लिल्मो मार्कोनीले पहिलो पटक रेडियोको आविष्कार गरेका थिए । १९ सौं शताब्दीताका शुरु भएको यो ताररहित यन्त्र अहिले परिष्कृत रुपमा छरितो बन्दै व्यक्ति व्यक्तिको हातमा पुगेको छ ।