चीनका उपराष्ट्रपति झी जिनपिंग अमेरिकाको औपचारिक भ्रमणमा वासिङ्गटन पुग्नु भएको छ ।
चीनका आगामी राष्ट्रपतिका प्रबल दाबेदर मानिएका झीले अमेरिकी राष्ट्रपति बाराक ओबामासंगको भेटमा द्धिपक्षिय हितका विषयमा छलफल गर्ने बताइएको छ । अत्यन्त महत्वका साथ हेरिएको चिनियां उपराष्ट्रपतिको यो भ्रमणमा सिरिया, ईरान र उत्तर कोरिया लगायत पूर्वी एशियामा अमेरिकी सैन्य उपस्थिति र अमेरिकासंग व्यापारको मुद्धाका सम्बन्धमा पनि चर्चा हुने जनाइएको छ ।
अमेरिका भ्रमण अघि एक अमेरिकी पत्रिकालाई अन्तर्वाता दिंदै झीले प्यासिफिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको सम्बन्धमा चिनिया पक्षको असन्तुष्टीलाई गम्भीर रुपमा उठाउनु भएको थियो ।
उहाँले यस क्षेत्रका मुलुकहरुले कुनै पनि रुपको सैन्य गतिविधि बढेको हेर्न नचाहेको पनि बताउनु भयो । यता चिनिया नेताको यो भ्रमणलाई अमेरिकाले पनि उच्च महत्व दिंदै दुई मुलुकका नेताहरुको भेट साझा मुद्धामा केन्द्रित गर्ने अबसर भएको जनाएको छ । पछिल्लो समय अमेरिका र चीनबीच श्रृखलाबद्ध रुपमा सुरक्षा र आर्थिक मुद्धाले प्रमुखता पाइरहेको छन् । चीनमा राष्ट्रपति हु जिन्ताओले कम्युनिष्ट पार्टीको नेताबाट यो वर्ष र सन् २०१३ बाट राष्ट्रपति पद छोड्दै हुनुहुन्छ भने उहांको उत्तराधिकारीका रुपमा ५८ वर्षिय झी लाई हेरिएको छ ।