मध्य अमेरिकी मुलुक होन्डुरसको एउटा कारागारमा भीषण आगलागी हुँदा कम्तिमा ३०० जना कैदीको जलेर मुत्यु

मध्य अमेरिकी मुलुक होन्डुरसको एउटा कारागारमा मध्यराती भीषण आगलागी हुँदा कम्तिमा ३ सय जना कैदीको जलेर मुत्यु भएको छ ।

 

 राजधानी तेगुसिंगाल्पाबाट सय किलोमिटर टाढा कोमायागु भन्ने स्थानमा रहेको जेलमा मंगलबार राती एक्कासी आगलागी भएको थियो । घटनामा कति घाइते भएका छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने अन्योल रहेको अधिकारीहरुले बताएका छन् ।

 

विजुली सर्ट भई आगो लागेको अनुमान गरिएको छ भने आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो । कारागारमा ८ सय कैदी रहेकोमा ३० जना मात्रै अस्पतालमा उपचारका लागि पुगेको र अन्यको अवस्था अज्ञात रहेको जेल अधिकारीहरुले बताएका छन् ।

 

आगो लागेपछि कतिपय कैदीहरुले छाना तोडेर हामफाल्दै ज्यान बचाएको देखिएको पनि अधिकारीहरुले बताएका छन् । धेरै जसो कैदीहरु आफु बसेकै ठाउँमा निसास्सिएर मरेको तथा धेरै जसो मृतकहरु चिन्नै नसकिने गरी डढेको अग्नी नियन्त्रकहरुले बताएका छन् ।