जापानको क्यामरा बनाउने कम्पनी ओलम्पसका पूर्व अध्यक्ष किकुकावा पक्राउ

टोक्यो, जापान – जापानको क्यामरा बनाउने कम्पनी ओलम्पसका पूर्व अध्यक्ष सुयोसी किकुकावालाई देशको अहिलेसम्मकै ठूलो आर्थिक भ्रष्टाचारका सम्बन्धमा पक्राउ परेका छन।


पूर्व अध्यक्ष किकुकावामाथि ओलम्पसमा लगभग १७ अर्ब डलर घाटा लुकाउनमा सहभागी भएको आरोप लागेको छ।


टोक्यो प्रहरीले पूर्व उपाध्यक्ष हिसासी मोरी, पूर्व अडिटर हिदेओ यामादालाई समेत पक्राउ गरेको टोक्यो डिस्ट्रिक पब्लिक प्रसिक्युटर अफिसले जनाएको छ।


ओलम्पस अप्रेलमा हुन लागेको सेयरधनीको वैठकमा ओलम्पसले आफ्ना आधा बोर्ड सदस्यलाई हटाएर यस काण्डको समना गर्ने प्रयास गर्ने अनुमान गरिएको छ।