अर्घाखाँचीको १८ औं जिल्ला परिषद बैठक, जेठ १४ भित्रै संविधानका खाका बाहिर ल्याउने तयारी भईरहेको मन्त्री रायमाझीको भनाई

– वीरेन्द्र केसी

 

अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले सरकारले शान्ति र संविधानका कामलाई अगाडी बढाएको र जेठ १४ भित्र शान्ति प्रकि्रया र संविधानका खाका बाहिर ल्याउने तयारीमा रहेको बताए ।

 


 

अर्घाखाँचीको १८ औं जिल्ला परिषद बैठकको निर्णय सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै रायमाझीले शान्ति र संविधान कामले तीव्रता पाएपछि बाबुराम लोकपि्रय बन्न नदिने पडयन्त्र भएको दावी गरे । उनले अन्य दलहरुलाई एकपछि अर्को बखेडा नझिकी शान्ति र संविधान पुरा गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे । पार्टी भित्र र बाहिरबाट अन्तरद्धन्द्ध भएपनि शान्ति र संविधानका काम पुरा गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।

 

उनले जनसत्ताले गरेको निर्णयहरु कुनै हालतमा फिर्ता हुन नसक्ने दावी गरे । उनले दलहरु सहमती भए मन्त्रालय स्थानीय निकायको चुनाव गराउन तयार रहेको पनि बताए ।

 



समारोहमा काग्रेस केन्द्रिय सदस्य एवं सभाषद पुष्पा भुसालले शान्ति र संविधान निर्माणमा सरकार गंभिर नभएर सरकार टिकाउनेमा लागेको आरोप लगाईन । काग्रेस सरकार बदल्ने भन्दा पनि शान्ति र संविधानका काम पुरा गर्ने तर्फ केन्द्रित छ उनले भनिन माओवादी ईमान्दार भएन । बाबुराम भटटराईले प्रधानमन्त्रीको कुर्चीमा बसेपछि ४५ दिनभित्र शान्ति र संविधानका काम पुरा गर्न नसके राजीनामा दिन्छु भन्नुभएको थियो उनले भनिन खै त आजसम्म किन हुन सकेन बाबुरामले आफैले बोलेको कुरा किने बिस्रे ।

 
समारोहमा माओवादी पोलिटब्युरो सदस्य डिलारमा आचार्यले सरकार बदल्ने भन्दा पनि सबै दलहरु एक भएर सरकारको नेतृत्व जसले गरेपनि शान्ति र संविधानका काम जेठ १४ भित्रै पुरा गरि नयाँ बाटोमा हिडनुपर्ने बताए ।

 



एमाले सभाषद नजिर मियाँले शान्ति र संविधानका लागि यो सरकार बाधक भएकाले सरकारले राजीनामा दिनुपर्ने दावी गरे । समारोहमा स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले २०६८, ६९ को लागि १ अरब ७ करोड ८४ लाख ९० हजार र  आर्थिक वर्ष २०६९, ७० को लागि  १ अबर ६८ करोड ४३ लाख ७१ हजार अनुमानित बजेर प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा सभाषद विमला केसी प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली काग्रेस सभापति कमल प्रसाद भुसाल एमाले अध्यक्ष रामजीप्रसाद घिमिरे राष्टिय जनमोर्चाको केन्द्रिय सदस्य सागर केसी पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलका थिए ।

 

कार्यक्रम पुण्यविक्रम पौडेलको अध्यक्षता शेषकान्त ओशनको संचालन र धु्रव गिरिको स्वागतमा सम्पन्न भएको थियो ।

 






 

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.