मोहनबिक्रम सिंह with ऋषि धमला
मोहनबिक्रम सिंह महामन्त्री, नेकपा (मसाल)मधेसी दलहरुले राष्ट्रिय अखण्डता विरुद्ध किन अभिब्यक्ति दिई रहेका छन् ?मधेसी दलहरु भन्दाखेरी हामीले मधेसवादी र मधेसी दलहरु र त्याहाँको शक्ति जनताको बीचमा हामीले अन्तर देख्छौ । मधेसवादी दलहरुले योजनाबद्ध रुपमा नेपाललाई टुक्राउनका लागि काम गरिरहेका छन् । तर त्यसको अर्थ हामीले सम्पूर्ण मधेसका जनता, राजनीतिक शक्तिहरुलाई त्यसरी विश्लेषण गर्न चाहदैनौ । मधेसवादी शक्तिहरुले जस्ले देशलाई टुक्राउन काम गरेका छन् उनीहरुलालाई मधेसवादी दलहरु भन्छौ । मधेसवादी दलहरुले कसरी देशलाई टुक्राउने काम गरेका छन् त ?लामो शिलशिला छ । घण्टौ बहस गर्न सक्किन्छ । भारतीय विस्तावादले मधेशवादी शक्तिलाई उपयोग गरेर उनीहरुलाई विश्वासमा लिएर घुसपैठ गरेर आफ्नो स्वार्थ सिद्धि गरिरहेका छन् । पहिला तराई कांग्रेस गठन गरे, त्यस पछि तराई कम्युनिष्ट पार्टी गठन गरेर । उनीहरुलाई पनि प्रयोग गर्न खोजे । तराईलाई भिन्दै देश बनाउनु पर्छ भनेर आफ्नो ग्राइण्ड डिजाईन अनुसार काम गरिरहेका छन् ।
त्यसैले भारतीय विस्तारवादहरुको ईसारामा मधेसवादी दलहरु चलेका छन् भन्ने थुप्रै कारण र आधारहरु छन् । त्यसको आधार र प्रमाण त केही पनि देखिदैन नि ?एक मधेस, एक प्रदशेको नारा अघि सारेर स्वायत्त मधेस प्रदेशको अवधारणा अघि ल्याईदै छ । यसले नै धेरै कुराको संकेत गर्छ त्यसैले आधार र प्रमाण खोज्न कतै जानु पर्दैन । मधेसवादी दलको ब्यवहारले त्यसको पुष्टि गर्छ । स्वयत्त मधेस प्रदेशमा जाँदैमा देश टुक्रिन्छ र ?स्वायत्त प्रदेशका लागि जो एक मधेस एक प्रदेश गरेका छन्, त्यसमा आत्म निर्णयको अधिकार र शासनको माग गरिरहेका छन् । एक मधेस एक प्रदेशको माग गर्नुका अर्थ सम्पूर्ण तराई, मधेसलाई नेपालबाट टुक्राउनु हो । र त्यसलाई भिन्दै राज्यको गठन गर्नु हो । स्वायत्त मधेस प्रदेशले नेपालको बिखण्डनको आधार तयार गर्छ । संघीय राज्यमा जाँदा त देश बलियो र विकास हुन्छ भन्छन् नि ? हामी प्रदेश अथवा मधेस बनाउने कुरालाई नै स्वीकार गर्दैनौ । त्यो गलत हो । त्यस कुरा हामीले स्वीकार गर्न सक्दैसक्दैनौ । नेपालको भौगोलीक परम्परा, सम्बन्ध, यातायात, हावापानीको सम्बन्धले गर्दा उत्तर र दक्षिणलाई मिलाएर प्रदेशको निर्माण गर्नुपर्छ । हिमाली प्रदेश पहाडि प्रदेश र तराईको आआफ्ना व्यवहारीक सम्बन्ध र भावना छ । त्यसैले हामीले तराईलाई भिन्दै प्रदेश बनाउन मान्दैनौ । त्यसको हामी सशक्त बिरोध गर्छौ ।
नेपाल त संघीयतामा गईसक्यो ? संघीय राज्य भईसक्यो नि ?नेपाल संविधानमा संघीय राज्य बनेको छ । तर नेपाल संघीय राज्य बनिसकेको छैन । संविधान नबने सम्म त्यो प्रक्रिया अघि बढ्दैन । तर प्रक्रिया त शुरु भईसक्यो नि ?नेपाल संघीय राज्य अझै बनिसकेको छैन । संघीय राज्य नै बनिसकेको छैन भने कसरी संघीय राज्य बनेको छ ? लामो समय भईसक्यो संविधान नै बन्न सकेको छैन । र त्यसका कारण संघीयता कार्यान्वनयमा गम्भीर जटिलता निम्ताउँछ । संघीयता नेपालको लागि आवश्यक्ता छ ?संघीयता नेपालका लागि आवश्यक्ता छैन । संघीयता नेपालका लागि घातक छ । यसले जातीय र क्षेत्रीय द्वन्द्व बढाउछ । राष्ट्रियतालाई बिखण्डन बनाउ छ । संघीयता अत्यन्तै गलत छ । यसले देशको ब्यापक अहित गर्छ । र मुलुकलाई द्वन्द्वमा फसाउ छ । संघीयताले देशलाई बलीयो बनाउन छ, विकास गराउ छ भनेर भनिरहेका छन् नि ?मान्छेले के के भन्छन । भनेर हुँदैन । संघीयताका कारण जातीय राज्यको कुरा आएको छ । यसले राष्ट्र र राष्ट्रियतामा बिखण्डनको कुरा ल्याउछ । संघीयताले नेपालमा बिखण्डन गराउन संस्थागत मद्धत पुराउछ । तपाईहरुले संघीयताको बिरोधी गर्दापनि त्यसको प्रभाव परेन नि ? शुरुदेखि हामीले संघीयताको बिरोध गर्दै आएका छौ । संघीयता नेपालका लागि उपयुक्त छैन ।
नेपालका लागि केन्द्रिकृत सामान्ती शासन ब्यवस्था अन्त्य हुनुपर्छ । त्यसको ठाउँमा ७५ जिल्लामा विक्रेन्द्रित स्थानीय स्वायत्ता शासन प्रणालीमा आधारी भई जानुपर्छ । उसो भए तपाईहरु नेपालमा संघीयता हुन दिनु हुन्न ?हुन दिन्छमकी हुन दिन्नम भन्ने कुरा होइन । हामी पञ्चायती शासन हुन दिन्थेनौ त्यो पनि भयो । ज्ञानेन्द्रको शासन चाहन्थेनौ, त्यो पनि भयो । संघीयता होला तर त्यसले देशको हित गर्दैन भन्ने हामीसँग धेरै आधारहरु छ । नहुने कुरा भयो भने त्यो गलत हुन्छ । त्यसको परिणाम गलत आउँछ । देश र जनतालाई नहुने कुरा भयो भने त्यो घातकपनि हुन्छ । जस्तो ज्ञानेन्द्रको कमद जनता विरुद्ध थियो । जो पनि घातक सिद्ध भयो । समयमै त्यस्ता घातक कुरा रोक्न सके राम्रो । रोक्न सकिएन भने त्यसको परिणाम घातक हुन्छ । त्यसैले गर्दा संघीयतामा नजनु सबैका लागि बुद्धिमतापूर्ण निर्णय हुन्छ । संविधान पनि समयमा बन्नु पर्छ भनेका छौ । त्यो समयमा बन्न सकेन भने त्यसले पनि घातक परिणाम निम्ताउछ । मुलुकको राष्ट्रियता को सँग बढि खतरा छ र कसरी ? नेपालको राष्ट्रियता भारतीय विस्तारवादबाट देशलाई बढि खतरा छ । तपाईहरु भारतलाई बिरोध गर्दैमा राष्ट्रियता बलियो हुन्छ भन्ने ठान्नु कत्तिको उचित हुन्छ ?भारत र भारतीय जनताको हामी बिरोध गर्दैनौ ।
भारतीय शासकले विस्तारवादको नीति अपनाएको छ । नेपालमा अतिक्रमण गर्ने गर्छन् । नेपालमा आफ्नो कब्जा कायम राख्न चाहन्छन् । त्यसको जहिलेपनि हामीले बिरोध गर्दै आएका छौ । मधेसी दलहरुबाट कत्तिको खतरा छ ?मधेसी दल, मधेसी जनता, मधेसको भूमिबाट मधेसवादीहरु लाई एउटै ठाउँमा राखिदिएको मात्रै हो । मधेसवादी भनेर जस्लाई भन्छौ, जस्ले मधेसलाई टुक्रउनका लागि योजनाबद्ध भएर कम गरिरहेका छन् । त्यस प्रकारका शक्तिहरुले भारतीय विस्तारवादका शासकसँग मिलेर काम गरिहेका पनि छन् । उनीहरुलाई त्यस्तो आरोप लागेको हो । त्यस कारण उनीहरुबाट मुलुकलाई खतरा पैदा भएको छ । अहिले मधेसी दलका नेताहरुले दिएको प्रतिक्रियालाई कसरी लिनु भएको छ ?मधेसी दलहरु सबैलाई हामी बिरोध गर्दैनौ । मधेस नेपालको अंग हो । मधेसका जनता, मधेसका संस्था र त्यहा भाएका सबैलाई हामीले बिरोध गर्दनौ । यिनीहरु सबैले नेपाललाई टुक्राउन चाहँदैनन् । तर देश भक्त र राष्ट्रियताको बलीयो आधार पनि छ । तर जुन पक्षले नेपाल टुक्रउन चाहन्छ देशको राष्ट्रियता सार्वभौमतासत्ता माथि बारम्वार प्रहार गर्छ । एक मधेस एक प्रदेश भनेर हामीलाई अलग राज्य चाहियो भन्छन् । नेपालको नागरिकतामा त्यस क्षेत्रका गैर नेपालीलाई ठूलो संख्यामा सामेल गर्न जोड गरिराखेका छन् । पहाड र नेपाललाई बेग्लै राष्ट्र बनाएर मधेस र अन्य जनतामा भेदभाव गराउन खोजिएको छ ।
मधेसी मन्त्रीहरुको अभिब्यक्तिलाई कसरी लिनुहुन्छ ?सरतसिंह भण्डारीले रक्षामन्त्रीको रुपमा रिपोर्टर्स क्लवमा बोलेको अभिब्यक्ति । जुन तराईका २२ जिल्ला अलग हुन्छ भन्नु र राजधानीसँग तराईको सम्बन्ध टुट्छ भन्ने सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको अभिब्यक्ति एउटै हो । उनीहरु नेपाललाई जानेर वा नजानेर टुक्राउने तिर गएको देखिन्छ । त्यसले गर्दा नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौम सत्तालाई खतरा छ भन्ने पुष्टि गर्छ । अहिलेको स्थितिमा नेपालको राष्ट्रियता बलियो बनाउन के गर्नुपर्छ ?त्यसका लागि सबै भन्दा पहिला संविधान बनाउनु पर्छ । गणतन्त्रलाई संस्थागत गर्नुपछ । दलहरुका बीच राष्ट्रिय सहमति हुनपर्छ । राष्ट्रियता माथि जुनकिसीमको खतरा छ त्यस प्रति नेपालका राजनीतिक शक्ति देशलाई माया गर्ने नेपाली जनता एक भएर अगाडि बढ्नु पर्छ ।
अहिले आपसमा सत्ताका लागि झगडा छ फुट छ । त्यसैले राष्ट्रियता कमजोर बन्दै गएको छ । दलहरु एक भएको खण्डमा देशको राष्ट्रियता माथि कसैले पनि प्रहार गर्न सक्दैन ।