भियतनाममा बर्डफ्ल्युका कारण दुईजनाको मृत्यु भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरुले एसियाका अन्य मुलुकहरुमा पनि वर्डफ्लु फैलन सक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् ।
भियतनामको राजधानी हनोइ लगायत अन्य प्रान्तहरुमा पनि बर्डफ्लु फैलनसक्ने आशंकामा करीब ३ हजार हाँस नष्ट गरिनुकासाथै मुलुकभर उच्च सर्तकर्ता अपनाइएको छ ।
भियतनामका घरपालुवा हाँस मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु भेटिएको थियो ।
गत डिसेम्बर यता बर्डफ्लुका कारण कम्बोडिया, इन्डोनेसिया, इजिप्ट, र चीनमा गरी आठ जनाको मृत्यु भइसकेको छ ।