जर्मनीका राष्ट्रपति क्रिस्चियन ओल्फले घरजग्गा सम्बन्धी ऋण काण्डका कारण पदबाट राजीनामा दिएपछि त्यहां राजनीतिक अन्योल देखिएको छ ।
राष्ट्रिय टेलिभीजन मार्फत राजीनामाको घोषणा गर्दै राष्ट्रपति वुल्फले पछिल्लो समयमा जर्मन जनताको बिश्वास जित्न आफू असफल भएकोले राजीनामा दिएको उल्लेख गर्नुभयो । तर उहांले ऋण काण्डमा आफुले गल्ति नगरेको दावी गर्नुभयो ।
मध्य दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओल्फले राजीनामा दिएपछि उत्पन्न राजनीतिक संकटका कारण जर्मन चान्सलर एन्जेला मार्केलले आफ्नो पुर्व निर्धारित ईटली भ्रमण रद्ध गर्नुभएको छ । ओल्फको राजीनामा प्रति प्रतिक्रिया दिंदै जर्मन चान्सलर मर्केलले राजीनामा सम्मानजनक रुपमा स्वीकार गरे पनि पश्चातापपूर्ण भएको बताउनु भयो ।
जर्मनीमा राष्ट्रपति पद निकै आलंकारिक भए पनि राजीनामाको घटना मर्केलका लागि निकै गंभीर भएको अन्तर्रािष्ट्रय संचार माध्यमहरुले जनाएका छन् । ओल्फ मर्केलका रुचीका ब्यक्ति भएकाले नयां राष्ट्रपति खोज्न उनलाई थप शक्ति खर्चिनुपर्ने भएको छ ।