फेसबूकमा अर्घाखाँचीबासीसँग गफगाफ (घर परिवार, गृहणी देखि देश परदेशसम्म)

– रमेश थापा ।

 

हजुर जे मा कुरा गरि राख्नु भएको थियो नि … हो त्यही हो .. भनेर आफ्नो नाम सिदै बताउन नखोज्ने आशा ढकालले अर्घाखाँचीडट्कम सँग राजधानी काठमाडौंको कुलेश्वर देखि फेसबूक अन्लाईन) मार्फत गफगाफ गरिन ।

 

सानोतिनो खान पुग्ने व्यापार गर्छौ, ४,५ बर्ष भयो काठमाडौंमा आएको भनेर छोटो उतर दिएर अगाडि कुरा गरिरहेकी आशाको घर अर्घाखाँचीको खिदिममा पर्छ । सबै मेरो प्रोफाइलमा हेर्न सक्नुहुन्छ, चार जनाको परिवार छ, २ छोरा-छोरी र श्रीमान – – प्रकाश, क्रिजल, कुन्दन, भनेर बताउने आशालाई काठमाडौं बस्न एकदम राम्रै लागेको पनि बताइन। र आफ्नो श्रीमानले आफुले भन्दा पनि बढी माया गर्नु हुन्छ भनेर आफ्ना श्रीमानका राम्रा- नराम्रा बानीहरुको समेत व्याख्या गरिन ।

 


आशा ढकाल, काठमाडौं नेपाल । तस्बिर: फेसबूक

 

अर्घाखाँची नगएको धेरै भयो, विए तह सम्म पढेकी छु भनेर बताउने उनिले आफुले पुरा पढन नसके पनि आफ्ना बच्चाहरुलाई राम्रो सँग पढाउने समेत बताइन।

विवाहको दिन नै आफ्नो जीवनको सबैभन्दा खुशीको दिन हो भनेर बताउने उनले आफुले खाली समयमा मात्र ईन्टरनेट प्रयोग गर्ने र त्यही पनि रमाइलोको लागि भन्दै अनेकौ आफ्ना जीवन, घर- परिवार, विगत, वर्तमानका कुरा गरिरहेकी आशाले आफुलाई राजनीतिक मन नै नपर्ने समेत बताइन ।


आफु प्राय व्यापार, घर परिवारमा व्यस्त रहन्छु भनेर बताउने आशाले अर्घाखाँचीडट्कम मार्फत देश विदेशका पाठक, स्रोताहरुले न्युजहरु हेर्न, सुन्न पाइएको छ, सुविधा पाइएको छ, हाम्रो लागी खुशीको कुरा हो भन्दै गफगाफलाई बिट मार्दै विदा भइन ।

 


यसैगरी अर्घाखाँची जिल्लाको डिभर्ना -३ जोगिमारे काक्रेका चौर घर, अहिले बराइनबाट हो भनेर बताउने युवराज खत्रीले आफ्ना विगत वर्तमानका गफगाफ गरे।

 


किन १० मिनेट ? १ घण्टा पनि कुरा गर्न सक्छु, परिवार पाल्न विदेश आएको, भनेर गफगाफ शुरु गरेका युवराज बराइन आएको ५ वर्ष भएको र आफुले त्यहाँको अब्दुल्ला नाश कम्पनीमा सिक्युरिटीको काम गर्ने पनि बताए। साथै कमाई पनि राम्रै हुने बताए।

 


म पहिला नेपाल आर्मी हुम, सबै हतियार चलाऊन आउन्छ, नेपाल आर्मीमा ५ बर्ष काम गरेको हुँ भनेर सबै सुरक्षाका कुरा गर्न भ्याएका युवराजले नेपाली आर्मीमा काम गर्दागर्दै माओवादीको दवाबमा आफुले जागिर छोडेको पनि बताए। माओवादी युद्दका बेला डराएर भने छोडेका होइेनन रे ।

 


युवराज खत्री, बराइन। तस्बिर: फेसबूक

 


कम्पनीमा सिक्युरिटीको काम ८ घण्टा गर्छु, एस.एल.सी पास मात्र गरेको छु, घरको समस्याले गर्दा अगाडि पढ्न सकिएन भन्ने ३० बर्षका युवराजका घरपरिवारमा २ वटा छोरा- छोरी छन भने श्रीमती लगायत आफ्ना सबै परिवार सँग दैनिक नै कुराकानी हुने बताए। रक्सी, चुरोट, रिलाक्स केही पनि गर्दिन, यहाँ पनि पाहिदैन भनेर बताउने पुर्व नेपाली आर्मी उनले हाँस्दै नेपाली राजनीतिकका कुरा गर्न पछि पनि परेनन । राजनीतिकका के कुरा गरौ ? सर बिग्रिएको देशको — – हामीलाई खाडी देशमा नआई भएन, नेताहरुमा कुर्चीको लागि लडन ठिकै छ भनेर या – वा अनेकौ गफ गरेका उनले सबिधान बनाउदा सबै पक्षलाई समट्नु पर्छ पनि भने।

 


१ बर्ष पछि नेपाल जाने योजना बनाएका युवराजले आफुलाई चिन्ने साथीभाई, इष्टमित्र, आफन्त सबैलाई साईनो अनुसारको सम्झना, नमस्कार गरे  — – – – –  यतिकैमा ति पुर्व सेनासँग अर्घाखाँचीडट्कम विदा भयो।

 

यसैक्रममा अर्घाखाँचीको ठाडा ५, घासेनी घर भएका प्रेम कुमार शाह ठकुरीले अर्घाखाँचीडट्कम सँग १०,१२ मिनेट जति कुरा गरे।

 

साउदी अरेबिया किन आएको प्रश्नमा के गर्नु आफ्नो देशमा रोजगार नै नभएको कारणले गर्दा म रोजगारको लागि साउदी आएको भनेर बताउने उनले त्यहाँको एक दुध कम्पनीमा काम गर्छन् । म पहिले त एक लेभरको जबमा थिए तर अहिले म ल्याब टेक्निसियनमा काम गर्छु भन्ने प्रेम साउदी अरेबिया आएको ५ बर्ष पुगेको भएपनि ४ महिना अगाडि नेपाल गएर आएको बताए। र उनले आफुले काम गर्ने कम्पनीमा कमाई पनि ठिकै हुने समेत बताए।

 


प्रेम कुमार शाह ठकुरी, साउदी अरेबिया। तस्बिर: फेसबूक

 

के गर्नु घरको परिस्थितीले धेरै पढेको छैन, १० क्लास मात्र हो भनेर बताएका ३० बर्षे प्रेमका परिवारमा श्रीमती एक छोरा, छोरी, बुवा मात्र भएको र आमा हुनुहुन्न भनेर पनि बताए। र परिवारसँग समय – समयमा संपर्क, कुराकानी भईरहने पनि बताए। 

 

साउदी अरेबियामा आएपछि कम्प्युटर सिकेर ईन्टरनेटको दुनियाँमा रमाएका र यस अगाडि ईन्डियामा समेत  काम गरेको थिए भनेर बताएका उनले धेरै घिन लाग्दो राजनीति छ सर हाम्रो नेपालमा , आज हामी नेपाली जती बिदेशनु परेको छ सबै उनिहरुकै कारण हो भन्दै राजनीतिक गफ पनि गरे। साथै नेपालमा सबिधान बन्नेमा शका गरे …..  नयाँ नेपाल बनाउन धेरै मुस्किल हुनेछ भन्दै राजनीतिकलाई किनारा लगाएका उनले साउदीमा रिलाक्स, मनोरन्जन गर्न कानुनले नपाईएको पनि बताए।

 

र यतिकैमा उनीसँग पनि अर्घाखाँचीडट्कम विदा भयो। 

 

 

 





यस अघिका गफगाफहरुमा:

 






































 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.