विश्व स्वास्थ्य संगठनले वर्ड फ्लु भाइरस एच ५ एन १ बारे गरिएको विवादास्पद अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने

 वर्ड फ्लुको अनुसन्धान रिपोर्ट तत्कालका लागि सार्वजनिक नगर्ने निर्णय


विश्व स्वास्थ्य संगठनले संभावित खतराको सहि आकलन पछि मात्र वर्ड फ्लु भाइरस एच ५ एन १ बारे गरिएको विवादास्पद अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ ।


 

अनुसन्धानकर्ताहरुले वर्ड फ्लु भाइरस मानिसबाट मानिसमा कसरी सर्छ भन्ने विषयलाई अध्ययनको विषय बनाएका थिए । अमेरिकाका सुरक्षा विशेषज्ञहरुले वर्ड फ्लुको रिपोर्टलाई आतंककारीहरुले गलत रुपमा प्रयोग गर्न सक्ने जनाए पछि अनुसन्धानकर्ताहरु रिपोट सार्वजनिक गर्न हच्किएका हुन् ।

 

अनुसन्धानको संवेदशील भागबाट आतंककारीहरुले वर्ड फ्लुको भाइरसलाई मानिसबाट मानिसमा सर्ने भाइरसमा विकास गर्न सक्ने अमेरिकी चिन्ता रहेको जनाइएको छ ।

 

स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकले रिपोर्ट पूरै प्रकाशित गर्न थप छलफल आवश्यक भएकाले तत्कालका लागि रिपोर्ट सार्वजनिक नगर्ने निर्णय गरेको छ ।