अफगानिस्तानमा १५ वर्ष यता कै अत्याधिक चिसोका कारण त्यहांको जनजीवन अस्तव्यस्त

अफगानिस्तानमा १५ वर्ष यता कै अत्याधिक चिसो,२८ बालबालिकाको मृत्यु


अफगानिस्तानमा १५ वर्ष यता कै अत्याधिक चिसोका कारण त्यहांको जनजीवन अस्तव्यस्त बनेको छ । चिसोका कारण हाल सम्म २८ बालबालिकाको मृत्यु भैसकेको छ ।

 

राजधानी काबुलको एक शरणार्थी शिविरमा कुपोषणसंग जुधिरहेका बालबालिकाहरुको चिसोको कारण मृत्यु भएको हो । चिसोबाट बालबालिका बढी प्रभावित भएको भन्दृै सेभ दि चिल्ड्रेनले गंभीर चिन्ता जनाएको छ ।

 

विभिन्न संघ संस्थाले चिसो प्रभावित बालबालिकालाई लत्ता कपडा वितरण गरिरहेको र अझै सहयोग आवश्यक भएको उल्लेख गरेका छन् । अफगानिस्तानमा गत हप्ता यता बढेको चिसोका कारण विभिन्न विद्यालय बन्द गरिएको छ भने यातायात सेवा प्रभावित भएको छ ।