जापानका सम्राट अकिहितोको मुटुको वाईपास शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । राजधानी टोकियोको युनिभर्सिटी अफ टोकियोमा अकिहोतोको मुटुको वाइपास शल्यक्रियाका लागि ५ घण्टा भन्दा बढी समय लागेको थियो ।
चिकित्सकहरुले शल्यक्रियापछि सम्राटले स्वस्थ र अझ फुर्तिलो जीवन प्राप्त गर्ने बताएका छन् । ७८ वर्षिय सम्राट अकिहितो केही महिना यता स्वास्थ्य समस्यासंग जुघिरहनु भएको थियो ।
अकिहितो जापानका आलंकारिक राष्ट्र प्रमुख भएपनि उहां जनता माझ निकै लोकप्रिय हुनुहुन्छ । सम्राट अकिहितोको सन् २००३ मा प्रोष्टेड क्यान्सरको शल्यक्रिया गरिएको थियो ।
सन् १९८९ मा पिता हिरोहितोको निधन पछि अकिहितो जापानको सम्राट बन्नु भएको हो ।