१७ औँ अन्तर्राष्ट्रिय नेल्टा सम्मेलन चितवनमा

चितवन। नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्गठन (नेल्टा)को आयोजनामा १७औँ अन्तर्राष्ट्रिय सम्मेलन यही फागुन १० र ११ गते चितवनमा हुने भएको छ ।


सम्मेलनको पहिलो चरण हिजोबाट काठमाडौँमा सुरु भएको छ भने दोस्रो चरण चितवनमा गर्न लागिएको हो ।
सम्मेलनमा १७ देशका ६५ प्रतिनिधि र नेपाली विज्ञहरुको समूहले ९० वटा कार्यपत्र प्रस्तुत गर्ने नेल्टा जिल्ला शाखा चितवनका अध्यक्ष बटुकलाल तामाङले बताउनुभयो । सम्मेलनमा संसारभरका अङ्ग्रेजी भाषा शिक्षण विधिबारे अनुभव आदानप्रदान गरिनेछ ।


सम्मेलनमा पूर्व प्राथमिकदेखि विश्वविद्यालयका अङ्ग्रेजी शिक्षक र अङ्ग्रेजी विषयमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेकाहरु सहित झन्डै छ सय जनाको सहभागिता रहने अध्यक्ष तामाङले बताउनुभयो ।


पन्ध्रौँं सम्मेलन काठमाण्डौँ र सुर्खेत, १६औँ सम्मेलन काठमाडौँ र पोखरामा गरिएको थियो भने पहिलोपटक १७औँ सम्मेलन चितवनमा गर्न लागिएको हो ।