राष्ट्रसंघको परमाणु उर्जा एजेन्सीको उच्चस्तरीय टोली ईरानको परमाणु कार्यक्रमका बारेमा छलफल गर्न इरान जाने

संयुक्त राष्ट्रसंघको परमाणु उर्जा एजेन्सीको उच्चस्तरीय टोली ईरानको परमाणु कार्यक्रमका बारेमा छलफल गर्न इरान जाने भएको छ ।

 

ईरानको परमाणु कार्यक्रमबारे विश्व समुदाय चिन्तित रहेको बेला ईरान पुगेको टोलीले ईरानसँग यसबारे छलफल गरी निकास निकाल्ने अन्तराष्ट्रिय उर्जा एजेन्सी आईएईएका उच्च अधिकारीले जनाएका छन् । आई.ए.ई.ए का एक टोली यसअघि बार्ताका लागि ईरान पुगेपनि वार्ता निष्कर्षबिहीन बनेको थियो ।

 

राष्ट्र संघको टोलीलाई सहयोग गर्न ईरानसँग राम्रो सम्बन्ध रहेका चीन र रुसले अपील गरेको छ । यसअघि ईरानले बेलायत र फ्रान्सलाई तेल बिक्री नगर्ने निर्णय सार्वजनिक गरेको थियो ।

 

इरान परमाणु कार्यक्रम उचित भएको अडानमा छ भने अमेरिकासहितका पश्चिमा राष्ट्र ईरानी परमाणु कार्यक्रम अनधिकृत भन्दै बिरोधमा छन् ।