अर्घाखाँचीमा महाशिवरात्रि पर्ब भब्य रुपमा मनाइयो

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क भक्तिटोला स्थित शिवालयको मन्दिर, सन्धिखर्क कै  शान्ति बगैचामा रहेको १०८  पञ्चगंआङ मन्दिरमा, ढिकुराको  म्यालपोखरी,जुकेना ५ भूमिका थान मन्दिर, बल्कोटको शिवालय मन्दिरमा आज महाशिवरात्रिको उप्लक्ष्यमा भब्य मेला एवम भजन क्रितन लगायतका कार्यक्रमको आयोजना गरि मनाइएको छ।

 

साथै जिल्लाका बिभिन्न गाउँहरुमा देखिए अनुसार महाशिवरात्रि कै अवसरमा युवा युवतीहरु गाँजा र भाङले लठ्ठिएका देखिन्थ्ये।

 

यसैगरी जिल्लाका अन्य गाबिसमा रहेका शिवालय मन्दिरहरुमा भब्य मेला लागेको प्राप्त समाचारमा जनाइएको छ।

 

उता राजधानी काठमाडौं स्थित एक जना समाचारदाताका अनुसार महाशिवरात्रि पर्वमा आठ लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेका छन् । सोमबार शिवारात्रि परेकाले पनि दर्शनार्थीको भीड लागेको हो । सर्वसाधारण भक्त तथा साधु-सन्त लगायत देश-विदेशका दर्शनार्थी पशुपति आएका थिए ।

 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.