यमनमा ३३ वर्ष सम्म शासन गरेका राष्ट्रपति सालेहको स्थानमा नयां राष्ट्रपति चयन गर्न मतदान

यमनमा आज ३३ वर्ष पछि नयां राष्ट्रपति चयन गर्न मतदान


यमनमा ३३ वर्ष सम्म शासन गरेका राष्ट्रपति अली अब्दुल्लाह सालेहको स्थानमा नयां राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको छ ।

 

आजको चुनावमा रबर स्ट्याम्प मानिएका उपराष्ट्रपति अब्द्राब्बुह मन्सुर हादी एक मात्र उम्मेदवार भएकाले उहाँ विजयी हुने निश्चिय भइसकेको छ ।

 

अरबीयन द्धिपको गरिब मुलुक यमनमा एक वर्ष सम्म सरकार विरोधी हिंसात्मक प्रदर्शन भएपछि राष्ट्रपतिय चुनाव भएको हो । राष्ट्रपति सालेह र यमनका छिमेकी खाडी मुलुकहरुबीच सहमति भएपछि यो चुनाव भएको हो । तिन महिना अघि भएको सहमतिमा सालेहले नयां राष्ट्रपति चुनिए पछि सत्ता हस्तान्तरण गर्ने र उनलाई कुनै पनि राजनीतिक मुद्धा लगाउन पाइने छैन ।

सालेहले यमनी जनतालाई शान्तिपूर्ण शक्ति हस्तान्तरणका लागि मतदान गर्न आग्रह गर्नु भएको थियो । यता हिजो मात्र चुनावी हिंसामा एक जनाको मृत्यु भएको छ ।