युरोजोनका अर्थमन्त्रीहरु आर्थिक संकटमा फसेको ग्रीसलाई १ सय ३० अर्ब युरो भन्दा बढी ऋण सहयोग गर्न सहमत भएका छन् ।
ब्रसेल्समा रात भरसम्म चलेको छलफलपछि युरोजोनका अर्थमन्त्रीहरु ग्रीसलाई ऋण सहयोग गर्न सहमत भएका हुन् ।
सहमतीको बदला ग्रीसले आठ वर्ष भित्र आफनो ऋण कुल गार्हस्थ उत्पादनको १ सय २० प्रतिशतमा झार्नु पर्ने र आर्थिक व्यवस्थापनका लागि युरोपियन युनियनको अनुगमनकर्ताहरुको उपस्थितिलाई स्वीकार गर्नु पर्ने हुन्छ ।
ऋण तिर्न नसके आगामी मार्च २० देखि ग्रीस टाट पल्टिने बताइएको छ । ग्रीसमा आर्थिक संकटका कारण प्रधानमन्त्री परिवर्तन, मन्त्रीहरुको राजीनामा सरकारी खर्च कटौती विरुद्ध सडक प्रदर्शन हुंदै आएका छन् ।