अष्ट्रेलियामा पार्टी नेतृत्वको मुद्धामा टकराव भैरहेका बेला विदेशमन्त्री केविन रुडद्धारा राजीनामा




 

अष्ट्रेलियामा प्रधानमन्त्री जुलिया गिलार्डसंग पार्टी नेतृत्वको मुद्धामा टकराव सम्बन्धी रिपार्ट सार्वजनिक भैरहेका बेला विदेशमन्त्री केविन रुडले राजीनामा दिनु भएको छ ।

 

वासिंटन डिसीमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसंगको भेटवार्ता पछिको पत्रकार सम्मेलनमा विदेशमन्त्री रुडले राजीनामा घोषणा गर्नु भएको हो । राजीनामा घोषणा गर्दै गिलार्डले प्रधानमन्त्री गिलार्डको समर्थन नभएपछि मन्त्री भएर काम गर्न नसक्ने बताउनु भयो ।

 

अष्ट्रेलियामा लेवर पार्टीमा नेतृत्वको विषयमा लामो समय देखी विवाद रहदै आएको छ । रुडका समर्थकहरुले पार्टीको नेतृत्वमा प्रधानमन्त्री गिलार्डलाई चुनौति दिन लागि रहेको आशंका गरिएको छ ।

 

अष्ट्रेलियामा हालैका दिनहरुमा लेवर पार्टी र प्रधानमन्त्री गिलार्डको लोकप्रियतामा कमी आइरहेको छ । सन् २०१० को जुनमा गिलार्डले तात्कालीन प्रधानमन्त्री रुडलाई हटाई आफु प्रधानमन्त्री बन्नु भएको थियो ।