अर्जेन्टिनाको राजधानी ब्युनस आर्यसमा रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ६ सयभन्दा बढी घाईते

अर्जेन्टिनामा तिब्र गतिका कारण रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ६ सयभन्दा बढी घाईतेअर्जेन्टिनामा रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाईते भएका छन् ।

 

राजधानी ब्युनस आर्यसको व्यस्त रेलवे स्टेशनमा भएको दुर्घटनाको कारण खुल्न नसकेपनि ब्रेक फेल भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

 

ओन्से रेलवे स्टेशनबाट छुटेको रेल स्टेशनकै अर्को छेउमा गएर ठोकिंदा पछिल्लो ४० वर्ष यताकै भयानक दुर्घटना भएको हो ।

 

दुर्घटनापछि रेलका डिब्बाहरुमा च्यापिएका यात्रुलाई उद्धार गर्न सुरक्षाकर्मीलाई घण्टौं लागेको थियो ।