अर्घाखाँचीका सात जना जेष्ठ नागरिक सम्मानित

– वीरेन्द्र केसी


अर्घाखाँची – साईन डेभलपमेण्ड बैंकले वार्षिकोत्सवको अवसरमा जिल्लामा रहेका सात जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

 

 जिल्लाको पहिलो नीजि बैंक तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा जिल्लाको जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । उनीहरुले जन्मेदेखि वृद्ध हुँदासम्म समाजमा सकारात्मक भुमिका निर्वाह गरेको भैन्दै बैंकले सम्मान सहित नगद पुरस्कारले पुरस्कृत गरेको हो । सम्मानित हुनेमा सन्धिखर्क घट्टेटारीका ९१ वर्षीय डिलाराम भुसाल र ८९ वर्षीय उनकी श्रीमती हुमकला सन्धिखर्क हटारीका ९४ वर्षीय दुर्गा प्रसाद भुसाल र ८९ वर्षीय उनकी श्रीमती सावित्रा ठाडा गाविसका ९२ वर्षीय नन्दलाल बेल्वासे ८२ वर्षीय अयोघ प्रसाद श्रेष्ठ र ७९ वर्षीय उनकी श्रीमती सरस्वती रहेको बैंका सहायक म्यानेजर नारायण पंथीले बताए । जेष्ठ नागरिकहरु समाजका प्रेरणाका स्रोत भएकाले सम्मान गरिएको बैंकले जनाएको छ ।


जिल्लामै पहिलो पटक वृद्धहरु बैंक मार्फत सम्मानित भएका हुन । जेष्ठ नागरिकहरुले जीवनमा गरेको ऐतिहासिक सकारात्मक काम र संघर्षबारे महत्वपुर्ण योगदान रहेको र उनीहरुबाट धेरै कुरा सिक्नुपर्ने भएकाले वृद्धहरुलाई सम्मान गरिएको बैंकका शाखा प्रवन्धब बुद्धिजीवन भुसालले बताए । उनीहरुलाई बैंकका शेयर सदस्य तथा उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दोसल्ला ओडाएर र नगर रु १ हजार रुपैयाँ हस्तान्तरण गरेर सम्मान गरे । उनीहरुलाई बैंकका शेयर साचालक कर्मचारी साचारकर्मी नागरिक समाजका प्रतिनिधीहरु घर-घरमै पुगेर सम्मान गरेका थिए ।


सम्मान पछि उनीहरुले समाजको लागि राम्रो काम गर्न सुझावि दिएका थिए । जन्मेपछि मृत्यु अवस्य भएकाले युवा अवस्थामा समाज र राष्टको लागि कुनै उदाहरणी काम गरी योगदान पुयाउनेको लागि सबैलाई आग्रह गरि उन्नती र प्रगतिको लागि आर्शिवाद दिएका थिए ।
 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.