कांग्रेस अर्घाखाँचीमा पदाधिकारी चयन


मनोनित जिल्ला सचिव लोकेन्द्र विश्वकर्मा ।

 

– वीरेन्द्र केसी

 
अर्घाखाँची – लामो समयको विवादपछि कांग्रेसमा पदाधिकारी चयन भएको छ । जिल्ला कार्य समितिको बैठकले रित्त रहेका पदाधिकारी सर्वसम्वत चयन गरेको छ ।


समितिको उपसभापतिमा हरिहर आचार्य र सचिवमा लोकेन्द्र विक मनोनित भएका छन । पदाधिकारी मनोनयनमा सभापति कमलप्रसाद भुसालले राखेको प्रस्तावमा यस अघिका बैठकमा बहुमत सदस्यहरुले असहमती जनाएपछि लामो समयसम्म बैठक बस्न सकेको छैन । ३१ सदस्यीय जिल्ला कार्य समितिका सदस्यहरु मध्ये भुसालले पुन ल्याएको प्रस्तावमा चार जना सदस्यले असहमती जनाएपनि बहुमत सदस्यले समर्थन जनाएपछि बहुमतले आचार्य र विकलाई मनोनित गरेको हो ।


निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन गर्ने प्रवाधान रहेको छ । मनोनित गर्न वाँकी रहेको सहसचिव र दुई सदस्यको लागि अर्को बैठक बसेर पुर्णता दिने विकले बताए । बैठकको पार्टीका विभाग गठन गाउँमा संगठन विस्तारको लागि तयारी गरिरहेको काग्रेसले जनाएको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.