अर्घाखाँचीमा वनका दुई निलम्बित कर्मचारी पदाधिकारी थुनामा

– वीरेन्द्र केसी


अर्घाखाँची – प्रतिवन्धित सालका रुख वनका पदाधिकारीले काटेपछि दुई कर्मचारी निलम्बनमा परेका छन । सालका रुख आफै काटने सामुदायिक वनका पदाधिकारी थुनामा परेका छन ।


जिल्लाको जलुके गाविसको वडा नं. ५ र ६ को प्यारपोखरी सामुदायिक वनमा ठुला-ठुला सालका रुख काटी लुकाएर राखेको अवस्थामा फेला परेको हो । विहीवार जिल्ला वन अधिकृत सुरेश सिंहको नेतृत्वमा कर्मचारी सहित प्रहरीको टोलीले काटेका रुख गोलिया बनाई राखेको र अन्य रुखहरु काटदै गर्दा वनका अध्यक्ष लगायत पदाधिकारीलाई समातेको हो । सार्वजनिक वनका रुखहरु खुला रुपमा वनको अनुमिती विना रुखहरु काटदा समेत मौन बसेको वन संरक्षण कार्य गर्न नसेको भन्दै जलुके रेन्जपोष्टका फरेष्टर चेतबहादुर खत्री र वन रक्षक थानेश्वर बाजाडेलाई विहीवारै निलम्बन गरिएको सिंहले बताए ।

 

वनको स्वीकृत विना जथाभावी सालका रुख काटने उक्त सामुदायिक वनका अध्यक्ष धनबहादुर सुनार उपाध्यक्ष लक्ष्मण सुनार कोषाध्यक्ष खिम बहादुर कार्की र सदस्यहरु चन्द्र बहादुर बुढा तेज बहादुर श्रेष्ठ र हिमलाल कुमाललाई रंगेहात पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ । समितिले नै मिलेमतोमा काठ काटेको भन्दै ७ जना समितिमा रहेका सदस्यहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका पदाधिकारीहरुले सालका ६ वटा रुख गोलिया बनाई लुकाएर राखेका थिए । सालका गोलिया थान ६२ को ५६३।१४ क्युफिट काठ टोलीले बरामद गरेको सिंहले शुक्रवार कार्यालयमै पत्रकार भेटघाट गरि जानकारी दिए । निलम्बित दुई कर्मचारीको बारेमा अनुसन्धान भैरहको उनले बताए । पक्राउ परेको वनका पदाधिकारीहरु माथि अनुशन्धान भैरहेको र उनीहरुलाई जिल्ला अदालतमा काठ काटेको आरोपमा मुद्धा दायर गर्ने तयारी भैरहेको उनले बताए ।


रुख काटेको फैसला भए एक वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना लाग्ने छ । जलुके सिद्धारा सिमलपानी गाविसका वन क्षेत्रहरुमा काँच रुखहरुको चोरिको रुपमा काटेको गुनासो आएपछि वन कार्यालयले निगरानी राखेको थियो । ठेकेदार भन्दा पनि वनका पदाधिकारी नै सालका रुखहरु काटन थाल्नु दुःख भएको वनले जनाएको छ । एक वर्ष देखि जिल्ला वन कार्यालयले जिल्लामा रुखहरु काटनमा प्रतिबन्ध लगाउँदै आएको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.