दुबईमा निधन भएका अर्घाखाँची फुदवाङका अनुप खड्काको शब आज नेपाल ल्याइदै

– उमाकान्त पाण्डे गाउंले  
काठमाण्डौ – अर्घाखाँची डेस्क – दुबईको अलकुजमा गत जनवरी २९ तारिखका दिन असामयिक निधन भएका अर्घाखाँची फुदबाँङ निवासी अनुप कुमार खडकाको शब आज नेपाल ल्याइदै छ ।
आज युएईको स्थानिय समय अनुसार दिउँसो १२:३० अर्थात नेपाली समय अनुसार दिउस २ पन्ध्रको  फ्लाई दुबईको उडानबाट शवलाई नेपाल ल्याइदै गरेको जानकरी दुबइमा कार्यरत मृतकका दाजु अर्जुन खड्काले बताए । 
भर्खर मात्र जिवनको २६ औं वसन्तमा पाइला टेक्दै गरेका अविवाहित अनुप खड्का करिब २८ महिना अगाडिमात्र युएइको दुबइ गएका हुन।
 
सुरुको १८ महिना दुबइको जवलाली स्थित समिम गु्रपमा कार्यरत रहेका खड्का ११ महिना देखि दुबईको जुमेरामा रहेको जुमेरा ग्रुप अन्तर्गतको वाइल्ड वादी वाटर पार्कमा कार्यरत थिए। 
गत २९ जनवरीका दिन कम्पनीको क्याम्प रहेको अलकुज स्थित ओसिस भिलेजमा नै शंकास्पद रुपमा उनी मृत अवस्थामा फेला परेका हुन । 
दुर्घटना पछि मृत शरिरलाई दुबई स्थित रशिद अस्पतालमा लगिएको भएपनि रहस्यमय र शंकास्पद मृत्यु भएकोले पोष्टमार्टम रिपोट आउन ढिलाई भएको हो । 
पोष्टमार्टम रिपोट आउन ढिला गरेको र कम्पनी तथा नेपाली राजदुतावासबाट समेत आवश्यक कागजपत्र दिलाउन ढिलाई गरेकोले शब नेपाल ल्याउन लामो समय लागेको हो ।
 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.