आदिनाथ भगवान शिवले नारदमुनीको बहकाउमा लागेकोमा आफ्नो बाहन नन्दीलाइ एकचोटी बेस्सरी फट्कारे-नारदले जे जे सुनायो त्यो त्यो तिमी सुन्ने, मान्ने नारदमुनीले नन्दीलाइ केमात्र भनेका थिए भने शीघ्रातिशीघ्र सतीको पाउ कैलासमा पर्नेछ । आराध्यदेवप्रति नन्दीमा अलि ज्यादा नै लगाव भएकाले जतिसक्दो चाँडो सतीको पाऊ कैलासमा परोस शिव र शक्तिको मिलन होओस र भगवानको एकाङ्कीपन दूर होओस भन्ने नन्दीको चाहना थियो र सिधै गएर उनले त्यो कुरो आफ्नो स्वामीसंग सोधे । तर भगवानले भक्तकै सात्तो लिए ।
आफुलाइ केही विश्लेषकहरुले भविष्यको राष्ट्रपति बन्ने प्रपाचमा लागेको भन्ने दुराशयपूर्ण लेखहरु लेखेर बदनाम गरेकोमा आफु अहिले पनि कुनै राष्ट्रपतिभन्दा कम शक्तिशाली नरहेको र त्यस्ता विश्लेषकहरुको बौद्धिक दिवालियापन रहेको भनेर कुर्लेपछि देशमा दाहालको जति खिल्लि उड्यो त्यति खिल्लि सायदै कहिल्यै कसैले कसैको उडाईए । जसले गर्दा प्रतिदिन बढ्दॊ दाहालको अलोकपि्रयतालाइ अझ बढी मलजल गर् यो ।
शिवजीको फट्कार र दाहालको यो फट्कारमा हल्का अन्तर छ । शिवजीको फट्कारमा सृष्टीको रहस्य छिपेको छ दैवको लिला लुकेको छ भने दाहालको यो फट्कारमा हुनसक्छ भूतो न भविष्यतीः को टेढामेढा राजनैतिक रहस्य या सिलिगुडीमा भारतीय गुप्तचर संस्था रअु संग उनको भेटघाटपछि बनेको कुनै न्चबलम मभकष्नल ! नत्र देशमा शासकीय स्वरुप र राष्ट्रपतीय स्वरुपवारे गम्भिर बहश भैरहेका बेला कनीकुथी केही लेखिए बापत टाउके दलका टाउकॆ नेता एकाएक त्यसरी कुर्लन जरुरतै थिएन ।
खैर छोडौं । दाहाल भविष्यको राष्ट्रपति बन्ने प्रपाचमा लागेको थियो, थिएन भनेर लेख्नु, बोल्नुअघि रामवरण यादव नेपालको राष्ट्रपति नबन्दैको त्यो फ्ल्यास ब्याकलाइ एकचोटी नियाल्नुपर्ने हुन्छ जुन फ्ल्यास ब्याकमा नेपालमा राष्ट्रपति बन्नका लागि टाउके दलहरुका घन्टाउके नेताहरु बीच चीरस्मरणीय रस्साकस्सी चलेको थियो र त्यही रस्साकस्सी नै देशको शान्तिप्रकृया तार्किक निश्कर्षमा पुग्न नसक्नु र संविधान जारी हुन नसक्नुको गाँठो अड्कियो । अर्थात टाउके टाउकेहरुको टाउको जुधाइ नै देशको शान्ति र संविधान झरेपछि खाईने ुसाँढेको फलु बन्यो । त्यो फ्ल्यास ब्याक बुझेपछि सबै कुरा एकदम क्लियर-कट् हुन्छ ।
र फ्ल्यास ब्याकमा राष्ट्रपति बन्न अगाडि सर्ने पात्रहरु थिए दुई क्रान्तिनायक कोईराला र दाहाल जसको अनुहार एकदम क्लियरसंग देख्न सकिन्छ । चिन्न खासै गाह्रो पर्दैन । दृश्य, परिदृश्य जे जे भने पनि फ्ल्यास ब्याकले बताउँछ कि ुप्रथम राष्ट्रपतिु को उपाधी दाहालले फुत्काईसकेका थिए । नेपालको प्रथम राष्ट्रपति दाहाल बन्यो, बन्यो भन्ने थियो । किन्तु केमा कुरो मिलेन मिलेन दावेदारहरु फुत्के गाली गरेरै नथाक्ने नेपाली राजनीतिका शिशुपालु चिप्लिए तर कसैले नपत्याएको महिषपालु ले गणतन्त्र स्थापनापछिको प्रथम ुराष्ट्रपतिु फुत्कायो । यद्यपि छँदैछन् ।
यता तत्कालका लागि जनताले पत्याईएका माओवादीमा जङ्गली हिङ्को गन्ध कायमै रहेकाले ऊ बाहेकका अरु टाउके दलहरुले राष्ट्रपतिको रुपमा दाहाललाइ सकार्ने सहजता बनेन । उता दाहालको प्रतिद्वन्दीका रुपमा कोईराला स्वयं ठडिएकाले दुइ टाउके दल र दुइ टाउके नेता समक्ष अस्तित्वको प्रश्न उब्जियो र समाधानस्वरुप रामवरण यादवलाइ कांग्रेसले प्रथम गणतान्त्रिक नेता रामराजाप्रसाद िसंहलाइ माओवादीले काँध थापे । र अन्त्यमा माथि भनेझैं जङ्गली हिङ्को गन्धले गर्दा यादवले देशको प्रथम राष्ट्रपतिको उपाधी हातपार्न सफल भयो । नत्र राष्ट्रपतिको अस्सली दावेदार दाहाल सिवाय छ नै को र यो मुलुकमा
निःसन्देह दाहाल यो देशका सबैभन्दा शक्तिशाली नेता हुन् । निःसन्देह साहश त्याग र बलिदानको अर्को नाम दाहाल हो । निःसन्देह मुलुकको यो बदलावको अस्सली हकदैया पनि दाहालमै छ अरुलाई छैन तर जनसेनाको सर्वोच्चता त्यागिसकेको सरकारमा नरहेको सरकारी पदमा पनि नरहेको पूर्व प्रधानमन्त्रीको भत्ता खाने जावो १ लाखको मासिक भाडावाल घरमा बस्ने नेताले राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिभन्दा आफुलाइ शक्तिशाली ठान्न मिल्छ मानिलिउँ अन्तरमुखी दाहालले आफुलाइ त्यस्तै ठाने, भने । तर के वास्तवमै उनी राष्ट्रपतिभन्दा शक्तिशाली छन् कुनै व्यक्ति या कुनै दलका कुनै नेताले स्वयंलाइ त्यति धेरै शक्तिशाली ठान्न सक्तछन् शक्तिशाली हुनसक्तछन् यदि छन् हुन् भने कसरी संविधानको कुन धाराले दिन्छ त्यस्तो शक्ति या अधिकार
जानेर या नजानेर भावी नेपालको राष्ट्रपतिवारे दाहालको कथनमा बरु दम छ । दम् यस मानेमा कि जनताले जनताको जुन चाहीँ छोरोलाइ राष्ट्रपति बनाउन चाहन्छ आफैं खडा गर्दछ चुन्दछ र बनाउँछ । त्यस्तो राष्ट्रपति सिधा जनताप्रति नै उत्तरदायी हुन्छ न कि भेँडाबाख्रासरी बेचबिखन हुने सदन या बिधानसभाप्रति । सदनमा बहुमतको घिनलाग्दो खेल हुनसक्ने र सरकार हम्मेसी अस्थिरै हुनसक्ने भएकाले त्यस्तो सदनप्रति उत्तरदायी बनाईनुपर्ने प्रधानमन्त्रीलाइ हो । राष्ट्रपति या न्यायपालिकालाइ होईन । गलतलाइ ुगलतु र सहीलाइ सही भन्ने न्यायपालिकाको आज जति जरुरत छ त्यत्तिकै जरुरत भोली पनि छ । र प्रत्यक्ष राष्ट्रपतिको पक्षमा उभिए भन्दैमा भावी राष्ट्रपति पनि दाहाल नै हुन्छन् भन्ने पनि छैन । र उनी बिरुद्ध खेती गर्न पल्केका भाडाका टट्टुहरुलाइ बारुदको प्रतिमूर्ति दाहाललाइ बढी बिष्फोटक बनाउन सलाईको एउटै काँटी काफी छ भन्ने कुरो ज्ञात छैन, थिएन भन्ने आधार के
भाडाका टट्टुहरुले राष्ट्रपतीय स्वरुपवारे प्रत्यक्ष या कार्यकारी राष्ट्रपतीय पद्धतिले देशमा फेरी जङ्गबहादुर या तानाशाह जन्मिने खतराको घण्टा बजाएर सचेत गराएर विगतका सरकारहरु नेका र एमाले संग विगतमा आफुहरुले खाएको ऋण चुकाउने चेष्टा गरे पनि आसामीको धर्म निभाए पनि जनताद्धारा चुनिएर जाने प्रतिनिधिहरु कुन हदसम्म गिर्छन् र कतिसम्म नमकहराम हुनसक्छन् भन्ने ईतिहास उनीहरुले चटक्क बिसे्र । ईमान्दार आसामीहरुले आफ्ना साहुहरुको नूनको सोझो गर्नु त आफ्नो ठाउँमा जायजै होला तर प्रत्यक्ष राष्ट्रपति या कार्यकारी राष्ट्रपतिमा जंगबहादुर देख्नु या नयाँ तानाशाह देख्नुमा अर्थ र दम दुवै छैन । दम् त तव रहला जव कुनै माईका लालले पुनः यो देशमा जङ्गबहादुर बन्ने या तानाशाह बन्ने दुस्वप्न देख्नेछ ।
खैर यो पनि छोडौं । अव एमाले कम्युनिष्ट पार्टी नै होईनु भन्ने किरणु जीको कथनतिर लागौंं । कम्युनिष्टु को अर्थ कमाउनु र कम्युनिष्टु बन्नुको मकसद राज्यको ढुकुटी भ्याउनु बनेको यो राज्यमा कम्युनिष्टु को खाँट्टी अर्थ खुट्टयाउन जुन खोजियो त्यसको छिनोफानो नयाँ जनादेशमा जनता स्वयंले खुट्टयाउने भएता पनि आजै भैदिए राम्रो हुन्छ । तसर्थ कोईलाको दलाली गर्नेलाइ कोईलाको कालोबाट जोगिन गाह्रो पर्छ र कोईलाको दलाली गर्नेलाइ त्यस्तो कथन शोभनीय हुन्न भन्ने कुरो निज र निजका अनुयायीहरुले बुझ्नु अति जरुरी छ । त्यसो त नयाँ जनादेशप्रति माओवादीको झस्काइ आफ्नो ठाउँमा छँदैछ ।
किरणु जी कम्युनिष्टु को नयाँ ब्याख्याता भए उनै जानून् तर आम मान्छेले पहिल्याएको कम्युनिष्टु को परिभाषा सच्चा देशभक्ति हो । पाचायत र पाचहरुलाइ मात् दिने र चकित पार्ने सतही अग्रगामी सोँच आज कुन हदसम्म लथालिङ्ग, भताभुतुङ्ग छ परिवर्तनका संवाहकहरुको स्वप्न आज कसरी चक्नाचूर भए ईश्वर साक्षी छ । दुनिया साछी छ । त्यसो त मान्छे उचाल्र्ने र थेच्चार्ने आजका कट्टर कम्युनिष्टु हरु भोली कम्युनिष्टु भित्र पर्छन्,पर्दैनन् नयाँ जनादेशले त्यसको छिनोफानो गरी नै हाल्नेछ ।
फाटेको लुगा टालटुल पारिएको पार्टी आज देशको सर्वाधिक ठूलो सर्वाधिक सर्वाधिक अग्रगामी र महान छ र कस्तै आँधीबेहरीमा पनि उसले आफुलाइ जोगाउँदै आयो यसपाली पनि जोगायो । आफु बाहेक अरुलाइ कम्युनिष्टु नमान्नु, नठान्नु उभित्रको यस्तो अहङ्कार हो जसले उसलाइ सर्वनाशतिर घिच्याउँदैछ । हतियार बिसाएपछि माओको च्यादर ओढ्ने खाओवादी हरुका पुनितकर्महरु कम्युनिष्टु को कर्तव्यभित्र पर्छन्,पर्दैनन् नैतिकता राख्छन्,राख्दैन त्यसको पुष्टी पनि हुनैपर्छ । नत्र नयाँ जनादेश फलामको चिउरा बन्नसक्छ सधैंकोझैं दुधभातु होईन ।
र अन्तिम कुरो ! भुक्न,टोक्न कुकुरलाइ सुहाउँछ मान्छेलाइ होईन । मानिस र कुकुरमा यही एउटा अन्तर छ । लुच्चामा भन्दा सच्चामा बेईमानमा भन्दा ईमान्दारमा बढी अहङ्कार हुने भएकाले सच्चा,ईमान्दार नेता,कार्यकर्ताहरुमा योखाले अहङ्कार देखिनु जायज छ तर त्यत