अर्घाखाँचीका विद्यालयहरुमा पठन पाठन प्रभावित


 

सन्धिखर्क, अर्घाखाँची । सरकारसँग बिभिन्न ३२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले गराएको बन्दले आज अर्घाखाँचीका विद्यालयहरुमा पठन पाठन प्रभावित भएको छ । शिक्षकहरूले हिजो शनिबार पठनपाठन गरी आज विद्यालय बन्द गरेका थिए।

 


साथै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा धर्ना दिएका थिए ।

 


धर्ना पछि नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चसंग सम्वद्ध शिक्षकहरुको र्यालीले सन्धिखर्क वजार परिक्रमा गरेको थियो । र्यालीपछि सन्धिखर्क स्थित शान्ति बैगचामा कोणसभा समेत गरिएको थियो।


कोण सभामा शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष शुभास चन्द्र बन्जाडे, अखिल नेपाल शिक्षक संघका अध्यक्ष कमल प्रसाद घिमिरे लगायतले आ-आफ्ना मन्तव्य राखेका थिए । उक्त सभा नेपाल शिक्षक युनियनका अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 


शिक्षकहरुले तत्काल स्थायी गर्ने लगायतका प्रक्रिया थाल्नु पर्ने, निशुल्क शिक्षा नीतिलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

 


यसैगरी उता हाम्रा राजधानी काठमाडौं स्थित एक जना समाचारदाताका अनुसार शिक्षा मन्त्रालय अगाडि धर्नामा रहेका करिब २०० शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिक्षकका पेसागत माग राखी गरिएको विरोध कार्यक्रममा उत्रिएका शिक्षकहरू खुल्लामञ्चमा भेला भई केशरमहलस्थित शिक्षा मन्त्रालयमा सभामा परिणत हुने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

 


यसैबीच, बालबालिका राष्ट्रिय अभियान (सिजप) ले विद्यालय बन्दले विद्यालय शान्ति क्षेत्रको अवधारणामा आघात पुगेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.