सिरियमा राष्ट्रपति असादको सत्ता विरुद्ध भैरहेको प्रदर्शनकाबीच नयां संविधानको अनुमोदनका लागि जनमत संग्रह

सिरियमा राष्ट्रपति बशार अल असादको सत्ता विरुद्ध भैरहेको प्रदर्शनकाबीच आज नयां संविधानको अनुमोदनका लागि जनमत संग्रह हुंदैछ ।

 

 नयां संविधानमा तिन महिना भित्र बहुदलिय संसदीय प्रणाली मार्फत चुनाव गराउने प्रावधान लगायतका विषय समेटिएका छन् ।

 

सरकारले जनमत संग्रहमा १४ करोड ६० लाख जनताले १३ हजार मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने जनाएको छ । सरकारी टेलिभिजनले लगातार नयां संविधान बारे जानकारी दिइरहेको बताइएको छ । तर विपक्षीहरुले भने आजको जनमत सग्रह बहिष्कार गर्दै राष्ट्रपति असादले तत्काल सत्ता छाड्नु पर्ने माग राखेका छन् । उनीहरुले नयां संविधानलाई धोका भनेका छन् ।

 

अमेरिकाले जनमतसंग्रहलाई हास्यास्पद भनेको छ । सरकार विरोधी प्रदर्शनमा व्यापक सैन्य दमन भइरहेका बेलाको यो जनमत संग्रहले पनि सिरियाको राजनीतिक वातावरणमा सकारात्मक प्रभाव पार्नेमा भने शंका गरिएको छ । सिरियामा राष्ट्रपति असादको शासन विरुद्ध गत मार्च यताको प्रदर्शनमा ७ हजार भन्दा बढी मारिइसकेका छन् ।