बरिष्ठ सहित्यकार भीम बिरागको आज विहान ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको छ ।
हेटौंडा बस्दै आएका विराग लामो समयदेखि श्वास प्रस्वासको बिरामी रहेकाले उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।
खास नाम भीमबहादुर महर्जन रहेका विरागको जन्म वि.सं.१९९१ माघ १५ गते, माईस्थान, वीरगञ्जमा भएको हो ।
पत्रकारितासमेत गरेका विरागले साहित्यमा उच्च स्थान हाँसिल गरेका थिए । उनी कवि हुन् ।
उनको दुखेको इन्द्रेनी गीत संग्रह, अतृप्त स्पर्श गीत संग्रह, तातो सुस्केरा कविता संग्रह र आठटुक्रे बादल कथा संग्रह प्रकाशित छन् । उनले नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादन गरेका थिए ।