अष्ट्रेलियाली सत्तारुढ लेबर पार्टीमा प्रधानमन्त्री जुलिया गिलार्ड अध्यक्ष पदमा निर्वाचित

नेतृत्व विवादमा फसेको अष्ट्रेलियाली सत्तारुढ लेबर पार्टीमा प्रधानमन्त्री जुलिया गिलार्ड अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

 

पूर्वप्रधानमन्त्री एवं लेबर पार्टीकै अर्का नेता केबिन रुडसँग नेतृत्व विवाद भएपछि गिलार्ड स्वंयले दुई मध्ये एकलाई चुन्न पार्टीमा चुनावको घोषणा गर्नुभएको थियो । रुडले गिलार्डको नेतृत्वलाई चुनौति दिने बताइएका बेला गिलार्ड स्वंयले दुई नेताको पपुलारिटी चाँज गर्नुभएको हो ।

 

आन्तरिक चुनावमा गिलार्डले ७१ र रुडले ३१ मत प्राग गर्नुभयो । गिलार्डले सन् २०१० को जुनमा रुडलाई अपदस्थ गर्दै प्रधानमन्त्री पद प्राप्त गर्नुभएको थियो । लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि गिलार्ड सरकारमा विदेशमन्त्री रहेका रुडले बुधबार राजीनामा दिनुभएको थियो ।

 

गिलार्डको नेतृत्वमा लेबर पार्टीले अहिले अल्पमतको सुरकार चलाइरहेको छ । एकसय ५० सदस्यीय सरकारमा लेबरको ७२ स्थान छ । गिलार्ड नेतृत्वको सरकारलाई ग्रिन पार्टीका दुई र एक स्वतन्त्रको समर्थन छ ।