– वीरेन्द्र केसी
अर्घाखाँची – कच्ची सडकमा ग्राभेल गर्दा ठेकेदारले गुणस्तरहीन सामाग्री हालेको उजुरी आएपछि जिविसले ग्राभेल गर्नमा रोक लगाएको छ ।
सडकमा ग्राभेल गर्दा गिटि ढुंगा र वालुवा छानेर छाल्नुको सटा खालाको पाँगो उठाएर सिधै हालेको भन्दै स्थानीय गाउँलेले सडकमा गुणस्तरीय सामाग्री हाल्न भनि वाङ्गला गाउँका वासिन्दाहरु जिविसमा उजुरी गर्न आएका थिए । सन्धिखर्कको देखि वाङ्गला गाविसको जैरीपोखरासम्मको ११ किलोमिटर विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण पहँच सुधार तथा विकेन्द्रिकरण परियोजना मार्फत जिविसको मातहतमा रहने गरि ग्राभेल गर्न लागिएको छ ।
अनुगमन गर्दा गिटि बालुवा र ढुंगा चालेर हाल्न भनि बारम्बार आग्रह गर्दा ठेकेदारले अटेर गरेका थिएु जिविसका ईन्जिनियर होमनाथ पौडेलले भने उपभोक्ताको उजुरीपछि सडकमा ग्राभेल गर्ने काम रोक्नु परेको हो । खोलाको माटो सहितको बालुवा भ्याकुले उठाएर सिधै बाटोमा हालेको गाउँलेको गुनासो छ । तीन किलोमिटर सडकमा बिच्छाईसकिएको गिटी ढुंगालाई ओधारेर पुन चालेर मात्र हाल्न भनिएको उनले बताए । अहिले सडकमा बिच्छाउने काममा रोकिएको छु पौडेलले भने पहिलो खोलामा गिटि ढुंगा र वालुका चालेपछि हामिले चेकजाँच गरेर मात्र सहकमा हाल्न भनेका छौ अहिले त्यहि छनोट गर्ने काम भएको मात्र छ । सडकमा हालिसकिएको गुणस्तरहीन सामाग्रीलाई टयाक्टरले जोतेर उठाउने र चालेर हाल्न ठेकेदार सहमत भएका छन ।
स्थानीय कच्ची सडकलाई ग्राभेल गर्दा गिटी वालुवा लगायतका सामग्री मिसावटमा खोलाको माटो सहितको वालुवा उठाएर राखेपछि गुणस्तरीय सडक निर्माणको माग गर्दै उपभोक्ताहरु शुक्रवार जिविसमा उजुरी गरेका थिए । खोलाबाट भ्याकुले उठाई टिप्परमा ओसरेर सिधै सडकमा विच्छाउने काम भयो स्थानीय उपभोक्ता नारायण शास्त्रीले भने छानेर गिटी हाल्नुको सटा खोलाको माटो सहितको वालुवा सिधै हालियो ।
गुणस्तरीय सडक निर्णममा ठेकेदारले ठगेको भन्दै वाङ्गलाका ५० जनाभन्दा बढी सरोकारवाला सहित गाउँलेहरु स्थानीय विकास अधिकारी र ईन्जिनियरसँग उजुरी गर्न आएका थिए । गुणस्तरीय काम गर्नुपर्छ भन्ने आवाज उठाउँदा योजना नै खारेज हुन्छ कोहि बोल्नु हुदैन जस्तो काम भएपनि चुपचाप हुनुपर्छ भनियो अनुगमन समितिका पदाधिकारी र ठेकेदारले स्थानीय शिक्षक विनोद आचार्यले भने खोलामा रहेको पाँगो ल्याएर सडकमा खन्याएर कसरी ग्राभेल भयो र ।
विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण पहँच सुधार तथा विकेन्द्रिकरण परियोजना मार्फत जिल्ला विकास समितिको निगरानीमा रहने गरि २ करोड ५० लाख रुपैयाँको लगानीमा ११ किलोमिटर कच्ची सडकमा ग्राभेल गर्न लागिएको हो । ग्राभेलको जिम्मा हिम सगरमाथा, पुष्पा जेवीले लिएको छ । सन्धिखर्क-वाङ्गला हुदै गुल्मीको तम्घास सम्म जोडने उक्त सडक जिल्लाको पुर्वी क्षेत्रको मुख्य सडक अन्तरगत पर्छ । गिटि वालुवा मोटो मिसावट गरि निर्माण गर्नुपर्ने सडकमा त्यसो नगरी वाङ्गला र ठुलापोखराको स्थानीय जरो खोलामा रहेको वालुवा सडकमा छरेर सिधै ठग्न खोजिएको उनीहरुको गुनासो छ ।
सम्झौता अनुसार काम गर्न नभएकाले उजुरी गर्नबाध्य भयो स्थानीय पिताम्बर शर्माको भने ुगुणस्तरीय सडक बनाउनुपर्ने हाम्रो माग हो । यसरी विच्छाईएको खोलाको वालुवा हिउँदमा सडकमा रहेपनि वर्षाको बेला पानीले वगाएर लगेपछि सडक पुरानै अवस्थामा फर्कन सक्ने उपभोक्ताको अनुमान छ ।
ठेकेदार नारायण बाजाडेले ईष्टिमेट अनुसार काम गर्ने र ईन्जिनियरले भने अनुसार काम गर्ने बताए । ३ किलोमिटर सडकमा विच्छाईसकेको वालुवालाई टयाक्टरले जोतेर निकाली पुन छानेर ग्राभेल गर्ने र अबका दिनमा सम्झौता अनुसार नै काम गर्ने प्रतिवद्धता जनाए । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले सम्झौता अनुसाररै ठेकेदारलाई काम गराउने बताए । गाउँका मुख्य सडक अन्तरगत पहिलो पटक उक्त सडक ग्राभेल गर्न लगिएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.