पश्चिम नेपालको अर्घाखाँचीमा विशाल मशाल जुलस

– रमेश थापा

 

लण्डन । नेपालको एक कम्युनिस्ट पार्टीले आव्हान गरेको लुम्बिनी र राप्ती अञ्चल बन्द हडतालको पूर्व सन्ध्यामा पश्चिम नेपालको अर्घाखाँची जिल्लाका अनेकौ गाउँहरु लगायत नगरपालिका सन्धिखर्कमा विशाल मशाल जुलस निकालिएका छन।

 


 

राती अबेरा प्राप्त समाचार अनुसार राष्ट्रिय जनमोर्चाले चुत्राबेसी देखी सन्धिखर्कको शान्ती बगैचा सम्म निकालेको उक्त हडताल समर्थक रात्री जुलुशहरुमा हजारौको सन्ख्यामा उसका कार्यकर्ताहरुको सहभागी रहेको थियो।

 


 


साथै उक्त ज्वाला प्रर्दशनहरुमा कुनै अप्रिय घट्ना भने नघटेको उल्लेख गरिएको छ। र त्यहाँको स्थानिय सुरक्षा निकायले प्रर्दशनकारीहरुको सन्ख्या बारेमा केही पनि बताएको छैन।

 



 


साथै थाहा भए अनुसार मसाल जुलस पछी सन्धिखर्कको शान्ती बगैचामा आयोजित कोण सभामा जनमोर्चाका बकैल्पिक केन्द्रिय सदस्य झबिलाल थापाले आज फाल्गुन १६ को बन्द सफल पार्नका लागि सबै उधोगी व्यापारी सबैमा आपिल गरेका थिए।

 


 


र सोही कार्यक्रमको संचालन जनमोर्चाका जिल्ला सचिब थम्मन के.सी ले गरेका थिए भने त्यहाँ मध्य रातमा बोल्ने अधिकान्स तल्लो तहका नेताहरुले संघियताको बिरोध, शिघ्र सबिधानको घोषणा र स्थानिय निकायको निर्वाचनको चुनाव हुनु पर्ने, पेट्रोलियम पदार्थमा भ्एको मुल्य बृद्धिको फिर्ता लगायतका मागमा जोड दिएका थिए।

 


 


साथै उक्त मशाल जुलुशमा लिएका भिडियो, तस्बिरहरु प्रवाधिक कारण ले पठाउन सकिएन भनेर सन्धिखर्क स्थित एक जना अर्घाखाँचीडट्कमका सहकर्मीले ईमेलमा जानकारी गराएका छन। तर पनि सोही दलको नै गत वर्षमा गरिएका हडतालका तस्बिर/फाइल यस पेजमा पुन: प्रकासित गरिएको हो।

 


 


स्मरण रहोस् नेपालमा कुनै पनि राजनीतिक संगठन, जात, सस्था – मानिसहरुले आफ्नो माग पुरा गराउन बन्द हड्तालका बाटाहरु अपनाउने गरेको देखिन्छ। उता हिजो राजधानी काठमाडौंको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै गरिएका बम हमलामा कम्तिमा पनि ३ जना हाताहात भएका खबर छ । साथै उक्त हमलाको जिम्मेवारी देशको पुर्वी भागमा केन्द्रित एक भूमिगत संगठन तराई मोर्चाले लिएको भनेर पुर्व बिद्रोही माओवादी नेत् त्वको सरकारका एक गृह मन्त्री विजय कुमार गच्छदारले बताएका छन। अहिले राजधानीमा सुरक्षा प्रणाली उच्च राखिएको छ। देशमा सबिधान बन्ने, नबन्नेमा आशान्का हुँदै गर्दा यि हमला भएका हुन । र राष्ट्र स्तरको सरकार निर्माणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले अझै सत्ता परित्याग भने गरिसकेका छैनन । नेपालमा राजनीतिक दलका प्रमुखहरु प्रधानमन्त्री, मन्त्री हुन सत्ता परिवर्तनमा लागिरहेका छन भने आधा दर्जन बर्ष हुन लाग्दा सम्म न त शान्तिले पूर्णता पाएको छ न त सबिधानले । 

 





 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.