भारतमा वैचारिक मतभेदलाई थाँती राख्दै वर्षौ पछि पहिलो पटक सबै मजदुरहरुद्धारा सरकारविरुद्ध आमहड्ताल


भारतमा वैचारिक मतभेदहरुलाई थाँती राख्दै वर्षौ पछि पहिलो पटक सबै मजदुर संगठनहरुले सरकारविरुद्ध आमहड्तालको आह्वान गरेका छन् ।

 

सरकारको कर्मचारीविरोधी नीति , बढ्दो महँगीको विरोध लगायत अरु केही माग अघि सार्दै ११ ट्रेड युनियनले देशव्यापी आमहड्तालको आह्वान गरेका हुन् । हड्तालमा कांग्रेस मजदुर संगठनको पनि संलग्नता छ ।

 

आर्थिक संकठनका कारण सबै ट्रेड युनियन एउटै मञ्चमा आउन बाध्य भएको मजदुर नेताहरुले बताएका छन् ।

 An SBI branch in Delhi wears a deserted look during strike

मजदुरहरुले महँगी र कर्मचारी नीतिका साथै न्युनतम पारिश्रमिकको व्यवस्था हटाउन, ठेक्कामा काममा राख्ने र असंगठित मजदुर कानुनको पालना नभएकोमा पनि विरोध जनाएका छन् ।

 

सरकारले नै श्रम कानुनको उल्लंघन गरेको मजदुर नेताहरुको आरोप छ । उनीहरुले माग पूरा नभए अर्को चरणमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।