अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका मुख्य रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोमनीले आफनो गृह जिल्ला मिशिगनमा जीत हासिल गरेका छन् ।
जीत हासिल लगत्तै रोमनीले आफू अमेरिकाको राष्ट्रपति बन्नेमा बिश्वस्त रहेको बताउँदै राष्ट्रपति बनेमा गरीब अमेरिकी जनताका लगि राहतका नयाँ योजना ल्याउने बताउनुभयो ।
आफनो गृह जिल्लाका जनताको विश्वास जितेसँगै पूरै अमेरिकी जनताको विश्वास जित्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।
मिट रोमनीले आफना प्रतिष्पर्धी रिक सैटोरमलाई झिनो मतले पराजीत गरेका थिए ।