यथार्थ जिबन

– कमल पाण्डे -दुखी-कान्छो

सौरा पानी ३ गोर्खा

हाल चिली

 


गाउभरी हल्ला छ अमेरिका पुग्यो भनी


कहिले पैसा पठाउछ भन्दै होलान दिनगनी


साहुहरू आउदा होलान महिना महिना हिसाब गर्न


कमाइ भने यहाँ आफुलाई पुग्या छैन पेट भर्न


 


सपना त ठुलो थियो  जे सोचेकाछन गाउमा अहिले


म पनि त त्यहिँ सोची गाउ छाडी हिडे पहिले


थाहा भयो आहिले यहा आफैलाई परेपछि


के गर्नु र  जानी जानी बेहोसीमा फसे पछी


 


अमेरिका भनी आए  गाउघर  साथी भुली


आधा उमेर गईसक्यो बिदेसमा डुली डुली


पैसाको आसमा बनबास भै बचेको छु


सबै भुली बाध्यातामा दुखि मनले हासेको छु