विश्व शान्ती महायज्ञ सन्धिखर्कमा सम्पन्न


 

 

– प्रेमनारायण आचार्य  

अर्घाखाँची १८ फागुन । नेपाल अहिन्साबादी बौद्धिक विश्व शान्ती चक्र दुम्कीबास ५ नलपरासी लुम्बिनीको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा ५ दिने बृहत विश्व शान्ती महायज्ञ आज देखि सम्पन्न भएको छ ।

 


 

देशका बिभिन्न जिल्लामा जस्तै बुद्धको जन्म स्थल नेपाललाई शान्ती क्षेत्र बनाउन र अिहंसाको नारालाई विश्वमा फैलाउने उदेश्यले अर्घाखाँचीमा संचालन गरिएको ५ दिने बृहत विश्व शान्ती महायज्ञ आज सम्पन्न भएको हो । 

 



कार्यक्रमको समापन समारोहमा महासंघ नायक रिपोडे गुरु भिक्षु कर्म ज्ञान सागर लामा  बौद्ध आचार्य खेर्यो पेमा सम्बा लामा  सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल  प्रहरी नायब उपरिक्षक अरुण पौडेल एकिकृत नेकपा माओबादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेपाली काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदे आचार्य एमालेका जिल्ला सचिबालय सदस्य बुद्धिबहादुर रायमाझि राप्रपाका देबीबहादुर खड्का  नेकपा एकिकृतकी यमुना भुसाल राष्ट्यि जनमुक्ति पाटीका ईन्द्रबहादुर गेलेंग नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य बिभिन्न संघ सस्थाबाट नेवा खलका युबराज श्रेष्ठ स्थानीय शान्ती समितिकी सचिब तुलसा खनाल लगायतले यस महायज्ञले नेपालमा दिगो शान्ती स्थापना गर्न सहयोग पुगोस भन्ने भनाई ब्यक्त गर्नु भएको थियो । 

 


 

समापन समारोह के.एल. शर्माको अध्यक्षता र डि.बी. दोर्जे लामाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको बिच बिचमा बिभिन्न शान्ती भजनहरु समेत प्रस्तुत गरिएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.