अमेरिकाको विभिन्न राज्यमा आएको समुद्री आँधीका कारण कम्तिमा १२ जना मानिसको मृत्यु भएको छ ।
सय भन्दा बढी मानिस घाइते भएका छन् भने धेरै घरहरु ध्वस्त भएको छ ।
आंधीबाट इलिअन्स , मिसौरी र कान्सास राज्यका विभिन्न क्षेत्रहरु बढी प्रभावित भएको बताइएको छ ।
भत्किएका भवनहरुमा च्यापिएका मानिसको खोजी भैरहेको अधिकारीहरुले जनाएका छन् ।
आँधीका कारण व्यापका जनधनको क्षति भएपछि कान्सास र मिसौरी रांज्यमा आपतकालीन स्थितको घोषणा गरिएको छ ।