– कृष्ण भट्टराई
खाचिकोट ५ फुदबाङ्ग, अर्घाखाँची
हाल: कृषि बिज्ञान संस्थान
काशि हिन्दु बिश्वबिधालय भारत
परिचय
नेपाल एक कृषि प्रद्धान देश हो । यस देश प्राङ्गारिक कृषिको लागी बिश्वमा प्रसीद्ध छ । हिमाली र पहाडी पदेशमा आज सम्म अत्याधिक रुपमा रसायायनिक मल र रसयानिक बालि संरक्षण पदार्थ प्रयोग भएको छैन भने तराई प्रदेशमा उत्पादन बढाउन को लागि बिभिन्न प्रंकार का रासायानिक पदार्थ प्रयोग गदै आइरहेका छन् । हाम्रो देशले जनसख्याको अनुपातलाई मध्यनजर राखी खाद्यवस्तुको माग पूरा गर्न विगत ३५४० वर्ष देखि उत्पादन र उत्पादकत्व बढाउन व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा जोड दिदैं आएको छ । बाली सघनता बेमौसमी तरकारी खेती उन्नत बीउ बिजन एवं वर्णशंकर जातहरुको प्रयोगको विस्तार हुँदै गएको छ । सोही अनुरुप कृषि सामाग्री रसायनिक मल तथा बाली संरक्षण विषादिको प्रयोग प्रचुर मात्रामा भैरहेको छ बृध्दिको क्रम पनि बढ्दो छ । यसरी कृषि उत्पादनमा प्रयोग गरिने यी रसायनहरुले वातावरण हावा पानी माटो र त्यसमा आधारित जीवनचक्र प्रणालीलाई नराम्रो संग प्रभाव पारेको छ तसर्थ यो डरलाग्दो परिस्थितिको सामना भविष्यमा गर्न नपरोस भन्नको लागि आजैदेखि हानिकारक रोग कीरा झारपात नियन्त्रण गर्न जैविक विधि तथा अन्य वैकल्पिक उपायहरुको प्रयोग बढाउदै व्यावसायिक प्राङ्गारिक खेतीको विकास गर्ने बेला आइसकेको छ ।
यस परिप्रेक्ष्यमा एकातर्फ बढ्दो जनसंख्याको निमित्त चाहिने खाद्यान्न तरकारी फलफूल आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायिकरण अपरिहार्य छ भने अर्को तर्फ व्यवसायिकरणबाट कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मल एवं विषादिको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणिय संरचनामा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल र विषादिको भाउ आकासिँदो छ आको तर्फ आकासीदो रासायनिक मल र आबश्यक पर्ने बिषादि पनी बजारमा नपाईने हुदा जसले उत्पादन लागत अत्यधिक बढेको छ । हाम्रो देशमा यी रासायनिक वस्तुहरुको उत्पादन पनि सहज देखिदैन । जसले गर्दा ग्रामीण क्षेत्रमा गरिबी वृद्धि हुदैं गईरहेको छ र गरिब कृषकहरु खाद्य सुरक्षा एवं रोजगारीको लागि शहरतिर बसाई सराई गरिरहेका छन् । आफुसँग भएका खेतबारी लाई बाझो तथा चरण क्षेत्र बनाएको पाईएको छ ।
त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमित्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउनु पर्ने भएको छ । यसलाई मध्यनजर राखि उत्पादनलाई सुव्यवस्थित तथा वातावरणलाई संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यशैली अपनाई व्यवसायिक प्रङ्गारिक खेती अवलम्वन गर्नु आजको आवश्यकता देखिएको छ ।
नेपालमा प्राङ्गारिक खेतीको आवश्यकता एवं संभावना
-हावापानीको विविधताका कारण हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित उपजबाट तुलनात्मक लाभ लिन सकिन्छ ।
-शहरी क्षेत्रका व्यावसायिक पकेटहरु तराई क्षेत्र र पहाडका सडक आसपासका क्षेत्र बाहेक अन्य क्षेत्रहरुमा रासायनिक मल विषादिको प्रयोग धेरै कम पाईन्छ बाँकी अधिकांश भूमिमा करीब ७० प्रतिशत भन्दा धेरै अझैपनि प्रङ्गारिक खेती प्रणालीमा आधारित छ् ।
-नेपालका कृषकहरुसंग औसत प्रति परिवार करीब ०.५ हे। भन्दा कम जमीन भएको हुदाँ गरिब किसानहरुलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्रङ्गारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ ।
-विषादियुक्त कृषि उपजको उपभोगबाट पर्ने नकारात्मक असर र स्वास्थ्यका लागि सुरक्षित खाना बारे जनचेतना अभिवृद्धि हुदैंआएको ले यसको आन्तरिक बजारको संभावना रहेको छ ।
-प्रङ्गारिक उत्पादनको विदेशी बजारमा समेत माग रहेको छ तसर्थ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
प्राङ्गारिक खेती कृषि
-प्राङ्गारिक कृषि रासायनिक पदार्थको विकल्पमा प्राङ्गारिक पदार्थको मात्र प्रयोग गरी गरिने कृषि प्रणाली हो ।
-यो एउटा समग्र उत्पादन प्रणाली हो जसको मूल आधार कृषि र पशुपालन हो । यसले आफ्नो फार्म भन्दा बाहिरबाट आपूर्ति हुने कृत्रिम कृषि सामाग्रीहरु जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ त्यस्तालाई निरुत्साहित गर्छ र आन्तरिक व्यवस्थापनलाई बढी जोड दिन्छ ।
-प्राङ्गारिक खेतीको मुख्य उद्देश्य भनेको पारिस्थितिक प्रणालीमा सन्तुलन कम लागतमा गुणस्तरीय खाद्यबस्तु उत्पादन हो । यो हासिल गर्न संभव भए जति खेती प्रणाली जैविक र यान्त्रिक उपायको खोजी गर्दै वनस्पति र जीवजन्तुको जैविक तथा वंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ ।
-प्राङ्गारिक उत्पादनमा उपयुक्त बालीचक्र बालीको अवशेष कोशेबाली सूक्ष्मजीवाणु मल हरियोमल कम्पोष्ट मल गाईबस्तु र पशुपंक्षीको मलमूत्र मानव मलमूत्र खलि हाडको धुलो बजारमा उपलब्ध हुने फोहोरमैला पशुपंक्षीको अवशेषमा आधारित हुन्छ ।
-बोट विरुवामा लाग्ने कीरा नियन्त्रणका लागि मित्रजीवहरु एवं वनस्पतिबाट उत्पादित जैविक विषादिको प्रयोग गरिन्छ । त्यसै गरी झारपात रोकथामका लागि भौतिक कृषिगत कार्य र जैविक विधि अपनाईन्छ ।
प्राङ्गारिक खेतीका निश्चित दायराहरुः
-समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउने ।
-माटोको जैविक कि्रयाकलापलाई वृद्धि गर्ने ।
-मित्रजीवहरुको संरक्षण गर्ने ।
-माटो हावा र पानी स्वस्थ्य राख्ने ।
-बालीचक्र कोशेबाली हरियो मललाई बाली प्रणालीको अभिन्न अंगको रुपमा लिइ खेत गर्ने ।
-दिर्घकालीन रुपमा माटोको उर्वराशक्तिलाई कायम गर्ने ।
-बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्ने ।
-कम्पोष्ट मल अधिक प्रयोग गर्ने ।
-रोग कीरा नियन्त्रणका लागि प्राकृतिक बनस्पति एवं जैविक विषादिको प्रयोग गर्ने ।
-भौतिक कृषिगत तथा जैविक तरिकाले झारपातको नियन्त्रण गर्ने ।
-समाटोको अवस्था अनुसार शुन्य खनजोत न्यूनतम खनजोत उचित खनजोत आदि तरिका अपनाउने ।
-प्राङ्गारिक उत्पादनलाइ प्रशोधन गर्दा गुणस्तरलाई कायम राख्न सावधानी अपनाउने ।
-सस्थानीय स्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने ।
-खाद्यवस्तुको गुणस्तरीय मापदण्ड कायम राख्न सहयोग गर्ने ।
-प्राङ्गारिक उत्पादनका खाद्यवस्तुबाट जनस्वास्थ्यमा सकार।त्मक प्रभाव ल्याउने ।
प्राङ्गारिक खेतीमा खाद्यतत्व व्यवस्थापन
आधुनिक कृषि प्रणालीमा ठूलो परीणाममा रासायनिक मलको प्रयोगबाट बोट बिरिुवालाई चाहिने खाद्यतत्व आपूर्ति गरिन्छ भने प्राङ्गारिक खेती मा उत्पादन बढाउनको लागी उपयुक्त बालीचक्र बालीको अवशेष कोशेबाली सूक्ष्मजीवाणु मल हरियोमल कम्पोष्ट मल गाईबस्तु र पशुपंक्षीको मलमूत्र मानव मलमूत्र पिना हाडको धुलो बजारमा उपलब्ध हुने फोहोरमैला पशुपंक्षीको अवशेषमा आधारित हुन्छ । यस्तो घरासी र कार्बानिक पदर्थको प्रयोग बाट हाम्रो खेतबारिको माटो कहिले नबीग्रेको पाइएको छ । प्राङ्गारिक खेती गर्दा लामो समय सम्म माटो मा उर्बराकशक्ती नास नहुने र मित्र सूक्ष्मजीवाणु हरु धेरै छीटो बृध्दि हुने हुदा यस प्रकार को खेति बाट प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा फाइदा हुन्छ ।