मध्यपूर्वको गाजामा तेज गतीमा चलेको हावापानीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त

मध्यपूर्वी गाजामा तेज गतीमा चलेको हावापानीका कारण जनजीवन अस्तब्यस्त


मध्यपूर्वको गाजामा तेज गतीमा चलेको हावापानीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

 

अधिकांश खोलाको सतह बढेर बस्तीमा पस्दा कयौं सर्वसाधारणको घर डुबाएको छ ।

 

 पानी बस्तीमा पसेका कारण कयौं सर्वसाधारण सुरक्षीत स्थानतर्फ सरेका छन् । हावापानीको असरले गर्दा यातायात, बिधुत आपूर्ति समेत प्रभावित बनेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

 

जोर्डनको राजधानी अम्मानमा तेज हावा र पानी पछी भएको हिमपातका कारण चिसो निकै बढेको छ ।

गाजाको इतिहासमा गत पाँच बर्ष यताको तीब्र गतिको हावा र पानीका कारण जनजीवन प्रभावित भएको यो पहिलो पटक हो ।