परिवार नियोजनसम्बन्धी अमेरिकी राष्ट्रपति बाराक ओबामाको नयाँ नितीको प्रस्तावलाई अमेरिकाको उच्च सदनले पारित गरेको छ ।
बाराक ओबामाले सार्वजनिक गर्नुभएको परिवार नियोजन सम्बन्धी नयाँ नितीका बिरुद्ध बिपक्षी पार्टी रिपब्लिकनले बिरोध गरेकोमा प्रस्तावको पक्षमा ५१ मत र बिपक्षमा ४८ मत परेको छ ।
ओबामाको परिवार नियोजन सम्बन्धी नयाँ नितीमा अमेरिकी जनतालाई रोजगारी दिने अमेरिकी कम्पनी र बीमा कम्पनीहरुले परिवार नियोजनका लागि सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर यो नितीको बिरोध गर्दै रिपब्लिकनले ओबामाको परिवार नियोजन सम्बन्धी नितीले ब्यक्तिको नैसर्गिक अधिकार हनन हुने र धार्मिक कलह बढ्न सक्ने भन्दै बिरोध गरेको थियो ।