ईरानमा संसदीय चुनावमा मतदान

इरानमा संसदीय चुनावका लागि मतदान जारी


ईरानमा आज संसदीय चुनावमा मतदान भईरहेको छ । २ सय ९० सीटका लागि ईरानी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

 

संसदको यस चुनावमा पनि बर्तमान सत्तारुढ दलले जित्ने अनुमान गरिएको छ ।

 

यद्यपी ईरानको सुधारवादी विपक्षी दलले २००९ मा भएको संसदीय चुनावमा सत्तारुढ दलले धाँधली गरेकाले बैधानिकता गुमाएको आरोप लगाएको छ ।

 

सुधारवादी दलका नेता तेहरानमा नजरबन्दमा रहेकाले चुनावमा कट्टरपन्थी नेता आयातुल्लाह अली खोमेनीका समर्थकको जीत हुनसक्ने बताइएको छ । सन् २००९ पछि ईरानमा भएको यो दोस्रो संसदीय चुनाव हो ।

 

उक्त चुनावमा ईरानका राष्ट्रपति मोहमद अहमदिनेजादले धाँधली गरेको आरोप लागेको थियो ।