बेलायतको तेल कम्पनी बीपीले सन् २०१० मा मेक्सिकोको खाडीमा तेल चुहिएर पीडित बनेकाहरुलाई क्षतिपूर्ती दिने

बेलायतको तेल कम्पनी बीपीले सन् २०१० मा मेक्सिकोको खाडीमा तेल चुहिएर पीडित बनेकाहरुलाई क्षतिपूर्ती दिने भएको छ ।

 

बीपीले करिब ७ दशमलब ८ अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिन सहमति जनाएको हो । बीपीको क्षतिपूर्तिले तेल चुहिएका कारण प्रभावित १ लाख माछा मार्ने मानिस, स्थानीयबासी, सरसफाइमा खटिएका जनता लाभान्वित हुने बताइएको छ । अमेरिकामा यस विषयमा मुद्दा चलिरहेको छ र यो सम्झौताका कारण सोमबार हुने सुनुवाई तत्कालका लागि टरेको जनाइएको छ ।

 

तेल कम्पनी बीपी दोषी ठहरिएमा कम्पनीमाथि अर्बौ डलरको सजाय हुन सक्छ । बीपीले अहिले सम्म चुहिएको तेलको सफाई र क्षतिपूर्ति बापत ७ दशमलब ५ अर्ब डर भुक्तानी दिइसकेको छ ।

 

सन् २०१० को अप्रिल महिनामा मेक्सिकोको खाडीमा तेल उत्खननका क्रममा ११ जनाको मृत्यु भएको थियो भने ४० लाख व्यारेल तेल समुद्रमा चुहिएर फैलिएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो घटनालाई इतिहासको सबैभन्दा खराब पर्यावरण त्रासदीको संज्ञा दिनु भएको थियो । तेल चुहिनबाट रोक्न ८५ दिन लागेको थियो ।