बोलेनन ज्ञानेन्द्र शाह


काठमाडौ, २१ फागुन  केही दिनअघि विराटनगरमा आयोजित भविष्यवाणी महापुराणमा भाग लिन पुगेका बेला राष्ट्रियता, प्रजातन्त्र र सर्वसाधरणको सुरक्षा जोखिमा परेको भन्ने अभिव्यक्ति दिएपछि सबै पक्षबाट आलोचना खेपिरहेका पूर्वराज ज्ञानेन्द्र शाहले आइतबार भने मुख खोलेनन् ।



काठमाडौको शंखमुलमा आयोजित महायज्ञमा आइतबार बिहान सहभागी हुन पुगेका शाह सञ्चारकर्मीबाट टाढै बसे । शाह महायज्ञ स्थलमा पुग्दा उनका समर्थकले ुराज आउ देश बचाउु भन्दै नाराबाजी गरेका थिए ।



शनिबार मात्र प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजको धार्मिक तथा अन्य भम्रण तथा अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले संक्रमणकालीन राजनीतिमा असर पुग्ने क्रियाकलाप नगर्न आग्रह समेत गरेका थिए ।