अमेरिकाका विभिन्न राज्यहरुका आएको शक्तिशाली समुन्द्री आंधीमा परी कम्तीमा ३७ जनाको मृत्यु
फाल्गुन २१ गते, २०६८ मा प्रकाशित
अमेरिकाका विभिन्न राज्यहरुका आएको शक्तिशाली समुन्द्री आंधीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । धेरै मानिस हराइरहेको आशंका गरिएको छ ।
भीषण आँधीबाट इण्डियाना , केन्टुकी ,ओहायो ,जर्जिया र आलावामा राज्य बढी प्रभावित भएका छन् । ओहायो राज्यमा आपताकालीन स्थितिको घोषणा गरिएको छ । आंधीका कारण व्यापक भौतिक क्षति भएको छ भने अलावामा राज्यमा विद्यालयहरु बन्द गरिएका छन् । विद्युत अवरोधका कारण हजारौं मानिस प्रभावित भएको बताइएको छ ।
उद्दारकर्ताहरुले जिवितहरुको खोजी तिब्र पारेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संघिय सरकारलाई सहयोगको आश्वासन दिनु भएको छ । गत शुक्रवार मात्र अमेरिकाका विभिन्न भागमा ९० भन्दा बढी साना ठूला आंधीले जनजिवन अस्तव्यस्त बनेको छ ।