अष्ट्रेलियामा बिगत केही दिनदेखि निरन्तर रुपमा आएको बाढीमा परी कयौंको मृत्यु, बेपत्ता

A car crosses a flooded causeway outside the town of Tumut, Australia

 

अष्ट्रेलियामा बिगत केही दिनदेखि निरन्तर रुपमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।

 

बाढीबाट तीन हजार घर डुबानमा परेका छन् । बाढीका कारण यातायात र बिद्युत आपूर्ति बन्द भएको छ । भारी बर्षापछि आएको बाढीले उत्तरी भिक्टोरियाको नुमुर्ख शहर बढी प्रभावित बनेको छ ।

 

 पानीको सतह निकै बढेकाले बाढी बस्तीमा पसेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ लगिएको छ भने वर्षा अझै केही दिन जारी रहने मौसमविद्हरुले जनाएका छन् ।