रुसमा सम्पन्न राष्ट्रपतिय चुनावमा वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिन पुन राष्ट्रपति पद निर्वाचित भएका छन।
उक्त सम्पन्न चुनावमा पुटिनले ६४ % मत प्राप्त गरेका छन। मस्कोमा आफ्ना समर्थकहरुको विशाल र्यालीलाई सम्बोधन गर्दै आफु राष्ट्रपतिय निर्वाचनमा विजय भएको घोषणा गरेका थिए। भावुक रुदै पुटिनले आफुले जित्ने बाधा गरेको र जितौ, इमान्दारी चुवावी युद्दमा हामीले जितौ भनी सम्बोधनमा उल्लेख गरेका छन।
यसअघि पनि दुई कार्यकाल राष्ट्रपति भइसकेका पुटिन एकै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नसक्ने संवैधानिक प्रावधानका कारण राष्ट्रपतिबाट प्रधानमन्त्री बनेका थिए।
चुनावका लागि ९० हजार मतदान केन्द्र संचालनमा ल्याइएको अधिकारीहले जनाएका छन् ।