पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्गको तालिका सातै पिच्छे परिवर्तन गरिरहेको छ । आइबारसम्मको दिनलाई हेर्ने हो भने यो वर्ष दैनिक १४ घण्टासम्म लोडसेडिङ्ग भैसकेको छ भने पछिल्ला दिनहरुमा यो क्रम घट्दो छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको तालिका अनुसार आज सोमबारदेखि दैनिक अधिकतम साढे १० घण्टा देखि न्यूनतम ६ घण्टा सम्ममा लोडसेडिङ्ग झारिएको छ । यो समय विद्युत उत्पादनका हिसाबले सबैभन्दा सुख्खा मौसम हो । तर पनि लोडसेडिङ्ग घटिरहेको समय तालिका प्राधिकरणले सार्वजनिक गर्दै आएको छ । के कारणले लोडसेडिङ्ग घटिरहेको छ त ?
सर्वसाधारणहरु लोडसेसङ घटेकोमा जति खुशी छन्, त्यति नै चकित पनि । अहिले यति सुख्खा मौसममा लोडसेडिङ घटेको प्रति सर्वसाधारण छक्क पर्दै आएका छन् । कहीं यो डिजेल प्लान्ट ल्याउने सरकारको खेल संग त जोडिएको छैन ?
ब्याकअप पावरका लागि भएपनि डिजल प्लान्ट आवश्यक भएकोमा भने उर्जा मन्त्रीको अझै पनि जोड छ ।
भारतबाट पनि छिट्टै करिब ४५ मेगावाटसम्म विद्युत आयात गर्ने तयारीमा सरकार छ । विद्युत चुहावट नियन्त्रणलाई अझै बढि प्रभावकारी बनाइ लोडसेडिङ्गको समय अझै केहि घटाउने मन्त्री बोगटीको भनाइ छ ।