अफ्रिकी मुलुक कंगोको सैनिक मुख्यालयमा भएको शक्तिशाली बिस्फोटमा परी २ सय जनाको मृत्यु भएको छ । कंगोको राजधानी ब्राजाविलको सैनिक मुख्यालयको गोदाममा आगलागी भएपछी एक पछी अर्को गर्दै बिस्फोट भएको बताइएको छ ।
घटनामा १५ सय भन्दा बढी सैनिक घाइते भएका छन् । बिस्फोट लगत्तै सैनिक मुख्यालयको गोदाममा लागेको आगो नियन्त्रणका लािग खटेका अग्नी नियन्त्रणहरुको पनि जलेर मृत्यु भएको छ ।
बिस्फोटका कारण उक्त शहरका केही भवनहरुमा क्षति पुग्नुका साथै बिस्फोटका असर निकै माइल टाढा रहेको शहर किनशाशा शहरमा समेत परेको छ । बिस्फोट लगत्तै किनशाशा शहर र वरपरका सर्वसाधारणमा भागदौड मच्चिएको थियो । बिहानको समयमा भएको बिस्फोट दिउँसो सम्म जारी रहेकाले ठूलो मानविय क्षति भएको सन्चारमाध्यमहरुले जनाएको छ । मृत्यु हुनेमा अधिकांश सैनिक छन् ।